कास्कीमा घाँस काट्न गएका भण्डारी मृत फेला
पाेखरा | फागुन २, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेका नारायण भण्डारी मृत भेटिएका छन् । हिजो(मंगलबार) घाँस काट्न जंगल गएका ४३ वर्षीय भण्डारी राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार दिउँसो घरबाट घाँस काट्न निस्किएका भण्डारी रातिसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएका भण्डारीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लिइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

