पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागिता

पाेखरा | फागुन २, २०८०

पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागिता

पोखरा:     पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । 


फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो । 


‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु शुन्यप्राय छन् । कुनै पनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाट नै सुरु हुन जरुरी छ’, ढुंगानाले भने, ‘त्यसैले प्रथम पोखरा कप विद्यायलस्तरीय क्रिकेट प्रतियोगिताको रुपमा हामीले यो अवधारणा प्रस्तुत गरेका हौं ।’


यो प्रतियोगिता टि–२० ढाँचामा खेलाइनेछ । १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् ।


१२ विद्यालयलाई ४ समुहमा विभाजन गरेर लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।  


प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए । 


उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । 


प्रतियोगिताको पहिलो संस्करणलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न  १० लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान छ । 


बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पोखरामा विद्यालय तहबाटै क्रिकेटको विकास गर्ने प्रयासमा लागेको बताए । ‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’, उनले भने । पोखरेलीको सहयोग लिएर क्रिकेट खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको सुवेदीले सुनाए ।


प्रतिभा माविका प्रचार्य किरण आचार्यले पोखरामा विद्यार्थी लक्षित क्रिकेट प्रतियोगिताको आवश्यकता पूर्ती भएको बताए । विद्यार्थीमाझ क्रिकेट खेल लोकप्रिय भएपनि प्रतियोगिता आयोजना हुन नसकेको उनको भनाइ छ । ‘चाहेर पनि विद्यालयहरुले विद्यालयस्तरमा क्रिकेट खेलको प्रतियोगिता भइरहेको छैन’, उनले भने ।


एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस पोखराका अपरेशन म्यानेजर रमेश बाँस्तोलाले क्रिकेटको विकासमा सदैव साथ दिने प्रतिबद्धता जनाए ।


 

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । ...

थप पढ्नुहोस्

 पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

थप पढ्नुहोस्

पोखरा:  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ ।  परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका व...

थप पढ्नुहोस्