लागूऔषध मुद्धामा २ वर्ष कैद सुनाइएका बाटुलेचौरका अजय ८ महिनापछि प्रकाउ
पाेखरा | माघ १८, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध मुद्धामा फरार रहेका प्रतिवादी अजय जिसीलाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषध मुद्धामा फरार रहेका जिसीलाई हिजो (बुधबार) प्रकाउ गरेको हो ।
जिल्ला अदालत कास्कीले २०८० जेठ १९ गते जिसीलाई लागूऔषध डाईजेपाम समेतको मुद्धामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
अदालतको फैसला अनुसार जिसीले २ महिना १५ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र १ लाख ४ हजार रुपैयाँ भुक्तान गर्न बाँकी रही फरार प्रतिवादीको सुचीमा रहेपछि पोखरा–१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

