लागूऔषध मुद्धामा २ वर्ष कैद सुनाइएका बाटुलेचौरका अजय ८ महिनापछि प्रकाउ
पाेखरा | माघ १८, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध मुद्धामा फरार रहेका प्रतिवादी अजय जिसीलाई प्रकाउ गरेको छ । प्रहरीले लागूऔषध मुद्धामा फरार रहेका जिसीलाई हिजो (बुधबार) प्रकाउ गरेको हो ।
जिल्ला अदालत कास्कीले २०८० जेठ १९ गते जिसीलाई लागूऔषध डाईजेपाम समेतको मुद्धामा २ वर्ष कैद सजाय र १ लाख ४ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
अदालतको फैसला अनुसार जिसीले २ महिना १५ दिन कैद असुल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र १ लाख ४ हजार रुपैयाँ भुक्तान गर्न बाँकी रही फरार प्रतिवादीको सुचीमा रहेपछि पोखरा–१६ बाटुलेचौर बस्ने २४ वर्षीय अजय जिसीलाई प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

