आर्मी आहा! रारा पोखरा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने
पाेखरा | माघ १८, २०८०
पोखरा: त्रिभुवन आर्मी फुटबल क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको दायाँबाट वसन्त जिम्बाले क्रस गरेको बलमा कसैको निगरानीमा नरहेका रसबहादुरले नजिकबाट हेड मार्फत गोल गरेका थिए।
आर्मीले शनिबार हुने फाइनलमा पाँच पटकको विजेता थ्री स्टार क्लबको सामना गर्नेछ। पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन ।
त्यसअघि निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। खेलमा अग्रता आर्मीले लिएको थियो। दिनेश हेन्जनले ६१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। दिनेशले झन्डै २५ कार्डबाट फ्रिकिकमा गोल गरेका थिए। प्रतियोगितामा दिनेशको त्यो तेस्रो गोल हो । फाइनल अघिसम्म उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् ।
निर्धारित समयको सकिन ५ मिनेटमा बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए। आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गरेका थिए।
नेपाल पुलिस क्लबलाई क्वाटरफाइनलमा १–० ले हराउँदा समिरले नै निर्णायक गोल गरेका थिए। प्रतियोगिताको फाइनल शनिबार हुनेछ।
जावलाखेल युथ क्लबलाई बुधबार १-० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो। सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

