त्रिविको मार्क सिट अनलाइनबाटै

काठमाडाैं | माघ ११, २०८०

त्रिविको मार्क सिट अनलाइनबाटै

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो ।


परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका सेवा अनलाइन मार्फत नै दिनेगरी व्यवस्था मिलाउन लागेको हो । त्यसका लागि आवश्यक तिर्ने पर्ने शुल्क समेत अनलाइन मार्फत नै तिर्ने पर्नेछ ।


त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने र विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय ९प्रदेश कार्यालय० बाट वितरण गरिने पनिकाले जनाएको छ ।


यी सेवाहरू १५ माघ २०८० सोमबार बिहान १० बजेदेखि सञ्चालनमा आउने र केही समय अनलाइन र अफलाइन दुवै सेवाहरू सञ्चालन हुने पनिकाले जनाएको छ । नाम, थर आदी सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरू आफू पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुसिथत केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।


प्रमाणपत्रहरू सङ्कलन गर्दा स्वयम् वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्नेछ । यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा इमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएकाले आफ्नो सम्पर्क नम्बर र इमेल अनुसार नै आवश्यक कागजात अपलोड गर्न पनिकाले अनुरोध गरेको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्