मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत :  आपूर्तिमन्त्री बडू

काठमाडाैं | असार १२, २०७९

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत :  आपूर्तिमन्त्री बडू


काठमाण्डौँ :     उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताउनुभएको छ ।
       
  

 प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उहाँले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गर्नुभयो । 

    

उहाँले आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु १९९ बाट रु २० र डिजेलमा प्रतिलिटर रु १९२ बाट रु २९ घटाउने निर्णय नेपाल आयल निगमले कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । 

    

उहाँले पेट्रोलियम पदार्थमा मूल्य समायोजन, निगमको व्यवस्थापनलगायत समग्र पक्षमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएकाले सोको प्रतिवेदन आएपछि थप निर्णय लिइने बताउनुभयो ।

  

 मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने र घट्दा घटाइने प्रणालीलाई निरन्तरता दिइएको उल्लेख गर्दै सदन, सडक र जनस्तरबाट आएको आवाजलाई सम्बोधन गरेर पछिल्लो समयमा वृद्धि भएको पेट्रोलको मूल्यमा करको दर घटाएर प्रतिलिटर रु २० घटाइएको जानकारी गराउनुभयो । 

    

उहाँले सर्वसाधारण जनताले प्रयोग गर्ने ग्यासमा सहुलितयत दिने र मूल्य घटेपछि उपभोग्य वस्तुमा मूल्य घटाउन सम्बन्धित मन्त्रालयका तर्फबाट तत्काल पहल गरिने बताउनुभयो । 

    

आगामी आर्थिक वर्षदेखि सिंहदरबारबाट ग्यास प्रयोगको वैकल्पिक व्यवस्था एवं घरायसी प्रयोगका लागि ग्यासको अलग मूल्य कायम गर्न पनि कार्यदलले दिने सुझावको कार्यान्वयन गरिने जनाउनुभयो । उहाँले बजारको महँगी नियन्त्रणका लागि अन्य मन्त्रालय र निकाय एवं पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
       
    

मन्त्री बडूको जवाफमा स्पष्टीकरण माग गर्दै सांसदहरुले खाना पकाउने ग्यासमा मूल्य किन नघटाइएको, दैलेखको पेट्रोलियम खानी उत्खननको कार्यलाई किन तीव्रता नदिइएको, धेरै मूल्य बढ्ने र थोरौ घट्ने किन हुन्छ, बजारको महँगी किन नियन्त्रण नगरिएको जस्ता प्रश्न गर्नुभएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्