राजश्वमा रस्साकस्सी: संघबाट ‘उचित भाग’ खोज्दै पालिका

पाेखरा | पुस ९, २०८०

राजश्वमा रस्साकस्सी: संघबाट ‘उचित भाग’ खोज्दै पालिका

संघीयतापछि मुलुक शक्ति पृथक्कीकरणको बाटोमा गएपनि गाउँपालिकाले भने संघ र प्रदेश सरकारबाट आवश्यक बजेट पाउन नसकेको ठहर गरेको छ । 
 

मुख्यत: स्थानीयस्तरमा भएका श्रोत र साधनबाट उठाइएका करमा माथिल्ला सरकारले आफुखुशी प्रयोग गरेकोमा रोष प्रकट गर्दै गापा (गाउँपालिका) प्रमुखहरुले हालै ‘११ बुँदे माछापुच्छ्रे घोषणा’ जारी गर्दै आफ्नो आवाज सार्वजनिक गरेका छन् ।

 

देशैभरका गापा जनप्रतिनिधिको छाता संगठन ‘गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल’ केन्द्रीय कार्यसमितिको पाँचौ बैठकले विविध निर्णयसहित घोषणापत्र जारी गरेको हो । 

 

कास्कीको माछापुच्छ्रे गापास्थित घलेलमा भएको बैठकले मुलतः अन्नपूर्ण संरक्षण क्षेत्रलगायत देशैभरका संरक्षित क्षेत्रबाट उठाइएका राजश्व, रोयल्टी स्थानीय सरकारमा पनि बाँडफाँड हुनुपर्ने माग गरेका छन् । उनीहरुले राजश्वमा स्थानीय सरकारको अधिकार सुनिश्चित गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ध्यानाकर्षण समेत गरेका छन् । 

 

त्यस्तै, घोषणापत्रमा महासंघले पटकपटक उठाउँदै आएको दूरसञ्चार फ्रिक्वेन्सीको राजश्व स्थानीय तहलाई पनि तत्काल उपलब्ध गराउनुपर्ने बताएको छ ।

 

स्मरणीय छ, उक्त राजश्व बाँडफाँड गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयमा सिफारिश गरिसकेको छ । सिफारिश कार्यान्वयन नभएपछि महासंघले अर्थ मन्त्रालयलाई पुनः ध्यानाकर्षण गराएको जनाएको छ । 

 

महासंघले घोषणामा उल्लेख गरे अनुसार राष्ट्रिय भूमि आयोगबाट पनि रजिष्ट्रेशन शूल्कमार्फत उठाइएको रकममा पनि दाबी गरेको छ ।

 

आयोगले अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्दा उठाउने राजश्वलाई रजिष्ट्रेशन शूल्ककारुपमा परिभाषित गरी पालिकालाई पनि दिन भूमि व्यवस्था तथा सहकारी र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । 

 

देशभर निर्माण गर्ने भनिएका २ सय ५९ अस्पताल, प्रशासनिक भवन, सडक, पुललगायत बहूवर्षीय ठेक्का लागेका तर सामग्री र बजेट अभावमा सम्पन्न हुन नसकेका योजनालाई यथाशीघ्र सम्पन गर्न महासंघले सचेत गराएको छ ।

 

यसैगरी, गाउँपालिकाको लेटरहेड, बोर्ड आदिमा गाउँपालिकाको लेटरहेड, बोर्ड आदिमा ‘स्थानीय सरकार’ लेख्न र छाप प्रयोग गर्न स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा उल्लेख भएअनुसार हुनुपर्ने पनि माग रहेको छ । 

 

महासंघका अनुसार हाल देशभरका करिब १ सय बढी पालिका प्रमुख प्रशासकीय अधिकृतवीहिन छन् । जसकारण दैनिक कार्यसञ्चालनमा समेत कठिनाई भएको छ । यस समस्या हल गर्न तत्काल अधिकृतको व्यवस्था गर्न र सरुवा प्रणाली व्यवस्थित गर्न महासंघले माग गरेको छ ।

 

कतिपय जिल्लामा एउटै अधिकृतले तीनवटासम्म पालिकाको जिम्मेवारी लिनुपर्ने समस्या यथावत छ । यही कारण अधिकृतहरु सकेसम्म छिटो सरुवा मिलाउने ध्याउन्नमा लाग्ने गरेको पाइएको छ । यसर्थ, सरुवा प्रणालीमा समेत महासंघले सुधार चाहेको अध्यक्ष लक्ष्मीदेवी पाण्डे बताउँछिन् । 

 

महासंघको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयक, सार्वजनिक खरिद ऐन तथा नियमावली, संघीय निजामति विधेयकउपर छलफल भएको छ ।

 

यसअघि निर्माण भइसकेका ऐन कार्यान्वयन गर्न र प्रक्रियामा रहेका ऐन निर्माण तत्काल पुरा गर्न निरन्तर दबाब दिइने महासंघका महासचिव खिमबहादुर थापाले जनाए । 
 

बित्तीय हस्तान्तरणसम्बन्धी विद्यमान कानूनलाई जनसंख्यामात्र हैन भूगोलको आधारमा पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै महासचिव थापा भन्छन् ‘पाँच–पाँच वर्षमा बित्तीय हस्तान्तरण सूत्रको समीक्षा गरी कामका आधारमा पनि स्रोतको बाँडफाँड  हुनुपर्छ ।’ 

पोखरा:      गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताउनुभएको छ । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिका...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ र...

थप पढ्नुहोस्

कैलाली:     कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक ...

थप पढ्नुहोस्