चौथों सिमपानी साँझबाट ७ लाख संकलन
वडा प्रहरी बगरलाई त्रिशक्ति समाज सेवा क्लबको कम्प्युटर सहयोग
पाेखरा | मंसिर १, २०८२
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।
शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रकम संकलन भएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उक्त रकमबाट वडा प्रहरी कार्यालय बगरलाई १ थान कम्प्युटर सहयोग गरेको उनले बताए ।
‘जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति पुगेको वडा प्रहरी कार्यालयलाई सञ्चालनका ल्याउनका लागि कठिनाई भएको अवस्थालाई मध्यनजर गरेर हामीले पूर्वघोषित कार्यक्रम अनुसार नै कम्प्युटर सहयोग गरेका हौं, उनले भने, ‘यसले थोरै भएपनि कार्यालय सञ्चालनका लागि सघाउ पुग्न विश्वास लिएका छौं ।’
उनले वडाबासीलाई सुरक्षाको प्रत्याभूति दिने कार्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

क्लबले केही दिनमै पोखरा २५ हेमजास्थित मानव सेवा आश्रमलाई र जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाईसमेत सहयोग गर्ने तयारी क्लबका सचिव विकास सुवेदीले जानकारी दिए ।
सिमपानी क्षेत्रको सरसफाईलाई ध्यान दिएर यसअघि सडक किनारका पोलहरुमा डस्टबिन राखिएको सुवेदीले बताए ।
उनका अनुसार गत कात्तिक ४ गते सम्पन्न सिमपानी साँझमा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा नौलो विहानी संस्था, तरेली साँस्कृतिक परिवारका नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो ।
कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।




पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

