मिस तामाङ पोखराको तालिम शुरु, विजेतालाई १ लाख
पाेखरा | पुस ७, २०८०
पोखरा: बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ ।
४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक नम्रता तामाङले जानकारी दिए ।
सहभागीहरुलाई दिइने तालिमको एक समारोहका विच बैदाम तामाङ सेवा समाज पोखराका अध्यक्ष ज्याक तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङले केक काटेर शुरुवात गरेका थिए ।
तालिमका दौरान सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी हासिल गर्ने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएका उहाँको भनाइ छ ।
बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते गर्दैछ ।
प्रतियोगितामा देशभरबाट १२ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।
मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गर्नेछन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार प्राप्त गर्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
तालिम शुभारम्भ कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, जेसिसका पुर्व उपाध्यक्ष राजु केसी, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा नगर अध्यक्ष रामबहादुर ब्लोन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल तामाङ महिला घेदुङका अध्यक्ष पवित्रा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङ, जिना तामाङ, प्रशिक्षक पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल लगायतले बोलेका थिए ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रजनी तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

