आजदेखि पोखरामा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद
६६ स्वर्ण, ६६ रजत र १०४ कास्य पदक कस्ले जित्ला ?
पाेखरा | पुस ८, २०८०
पोखरा: पोखरामा आजखेखि पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।
उनका अनुसार ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ ।
भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लबजम्प, त्रिपलजम्प, ज्याभलिब थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताए ।
भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार पैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।
एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३/३ हजार, त्यसपछिका ११ जनाले २/२ हजार र बाँकी ११ जनाले १/१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टस्मा १२ जनाले ३÷३ हजार, त्यसपछिका १२ जनाले २÷२ हजार र बाँकी १२ जनाले १÷१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट/तौल समुहमा एक/एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ ।
एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।
पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश; १२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

