बोराभित्र भेटियो महिला र पुरूषको शव
काठमाडाैं | मंसिर ६, २०८०

बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।
‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको छ।’
उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ।
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...
पोखरा: प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...