नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | मंसिर ६, २०८०

नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ । विसं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । 

 

नयाँ कार्यालयमा रहेको आफ्नो कुर्सीमा बस्दै गर्दा सञ्चारकर्मीलाई  प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिनुभएको छ । उहाँले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पूरा भएको बताउनुभयो । उहाँले अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउनुहुँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढङ्गले जाने सङ्कल्प पनि रहेको महशुस गरेको बताउनु भयो । उहाँले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको जानकारी दिनुभयो ।

 

यसैगरी, शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनु भयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।

 

मन्त्री गुरुङले भन्नुभयो, ‘‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ । बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन की भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्नेकुरा सम्पन्न भएको छ ।’’

 

पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले यही असार २४ देखि ...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसासम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्...

थप पढ्नुहोस्

काठमाडौं:  एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा प्रशिद्ध ज...

थप पढ्नुहोस्