ढुंगाले लागेर महिलाको ज्यान गयो
जुम्ला | मंसिर ६, २०८०

कालिकोटमा दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिया कमला विक कामीको ढुंगा लागेर घाइते भइ ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिँडिरहेको समयमा माथिबाट ढुंगा आइ टाउकोमा लागेर गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा ज्यान गएको हो ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा कमलाको ज्यान गएको र पोष्ट मार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...
पोखरा: प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...