जिसस कास्कीको टोली रुपा अनुगमनमा
पाेखरा | असार ८, २०७९
पोखरा : जिल्ला समन्वय समिति कास्कीको टोलीले रुपा गाउँपालिका निर्माणाधिन पुर्वाधारको अनुगमन गरेको छ ।
जिसस प्रमुख लिलाधर पौडेललको नेतृत्वमा सो गाउँपालिकामा संघीय, प्रदेश र स्थानिय तहहरुबाट संचालित विभिन्न विकासका योजनाहरुको अनुगमनमा निस्किएको हो ।
अनुगमनको क्रममा प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सपन्न आग्रह गर्दै जनताको विकासको अपेक्षा पूरा गर्न गुणस्तरीय परिणाम निस्कने गरी कार्य सपन्न आग्रह गरे ।
कुनै पनि नागरिकले कुनै बहानामा दुःख पाउन नहुने भन्दै सवै जनप्रतिनिधि जनताको अवस्था परिवर्तन गर्न लागि पर्नुपर्नेमा जोड दिए । समन्वय कास्कीका सदस्य राजु अधिकारी, हर्क बहादुुर गुुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुुरुङ प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, प्राविधिक, इन्जिनियर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अनुगमनमा स्थानिय साझेदारी कार्यक्रम अन्र्तगत रुपा गाउँपालिका वडा नं. ३ मा निर्माणाधिन गाउँघर क्लिनिक स्वास्थ्य चौकी भवन, सेवा प्रदान गरिहरेको रुपाकोट अस्पताल, पालिकाको प्रशासकिय सेवा, संञ्चालित अन्य योजनाको अनुगमन सहित आवश्यक निर्देशन समेत दिएको थियो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

