कास्कीमा भूकम्पको धक्का
पाेखरा | असार ८, २०७९
कास्की: कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज (बिहिबार) बिहान करिब ३ः५६ बजे धम्पुस केन्दूबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको महसुस भएपछि नागरिक घरबाहिर समेत निस्किएका थिए । कास्की आसपासको जिल्लामा पनि भूकम्पको महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।
भूकम्पको धक्का महसुस भएपनि मानवीय तथा भौतिक क्षति भने नभएको आंकलन गरिएको छ ।
यसअघि पनि २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भइ विनाशकारी महाभूकम्प गएको थियो । उक्त समयमा भौतिक तथा मानवीय क्षति भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

