पोखरामा १० केजी लागूऔषधसहित रविन्द्र प्रकाउ
पाेखरा | असोज २२, २०८०
पोखरा: पोखरामा १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङ प्रकाउ परेका छन् ।
पोखरा महानगरपालिका ३२ मजुवा स्थित सवारी साधन चोकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार रविन्द्रको साथबाट १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङलाई प्रहरीले प्रकाउ गरेको हो ।

कास्कीको वडा प्रहरी कार्यालय गगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखाबाट कुकुर सहित चेकिङमा खटिएको प्रहरीको टोलीले धादिङको गजुरी गाउँपालिका ३ क्वालसिङ घर भएका २२ थिङलाई लागूऔषधसहित पोखरामा प्रकाउ गरेको हो ।
प्रहरीले प्रकाउ परेका थिङको साथबाट १० केजी लागूऔषध गाँजासहित, १ थान मोवाईल र ७ हजार ९० रुपैयाँ बरामद गरेको छ । प्रकाउ परेका थिङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

