पोखरामा असोजको अन्तिम साता दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल हुने
पाेखरा | असोज २२, २०८०
पोखरा: पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिनुभयो ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला गरिएको संस्थाका प्रकास वस्नेतले वताउनु भयो ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ प्रतियोगितालाई निरन्तरता दिईएको संस्थाले जनाएको छ । कार्यक्रममा भलिवल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक गुरुङले वताउनु भयो । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने वताईएको छ ।
प्रतियोगितामा एउटा वडावाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका करिव दश वटा टिमले सहभागिता जनाउने भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले वताउनु भयो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र विभिन्न १२ वटा उपसमितिका साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा आर्कषणको रुपमा लिङ्गेपिङ्ग समेत राखिने संस्थाले जनाएको छ । उक्त संस्थाले अघिल्लो वर्ष पनि बडा दशैंको अवसरमा भेट्रान्स कप भलिवल तथा विविध कार्यक्रम आयोजना गरेको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

