१० घण्टादेखि थुनिएको किम्रोङखोला बग्न थाल्यो
तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
पाेखरा | असोज २१, २०८०

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोङखोलामा पहिरोका कारण करिब दश घण्टादेखि थुनिएपनि अहिले खुल्न थालेको छ ।
केही दिनयता लगातार परिरहेको अविरल वर्षाका कारण अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक किम्रोङखोलामा शनिबार राति पहिरो जाँदा खोला थुनिएर ताल बनेको थियो ।
ताल फुटेर बाढी आउने सम्भावना भएपनि अहिले बिस्तारै खोला बग्न थालेको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले बताए ।
उनले खोला बग्न थालेकाले टटिए क्षेत्रमा सावधानी अपनाउन आग्रह गरे ।
‘किम्रोङखोलामा गएराति गएको पहिरोले खोला थुनिएको भन्दै सूचना आएको थियो, पहिरोले खोला थुनिदा एक्कासी पहिरोबाट पानी बग्दा बाढीको जोखिम थियो’, वडाध्यक्ष गुरुङले भने, ‘अहिले पहिरोले थुनिएको खोलामा बिस्तारे पानी बहाव बढ्न थालेको छ, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिराखेका छौं ।’
पहिरोले थुनिएको खोलामा बिस्तारै पानीको बहाव बढीरहेकाले अन्नपूर्ण गाउँपालिका ११, १०, ८ र ७ मोदी खोला किनारामा बस्ने स्थानीयहरुले सावधानी अपनाउन अन्नपूर्ण गाउँपालिकाले आग्रह गरेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...