पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुँदै

पाेखरा | असोज १८, २०८०

पोखरामा मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुँदै

पोखरामा:     पोखरामा असोज १९ गते तेस्रो मन्टेश्वरी चाइल्ड ट्यालेन्ट शो हुने भएको छ  । मन्टेश्वरी एसोसिएसन कास्कीले पोखरामा तेस्रो मन्टेश्वरी चाइल्ड शो हुने जानकार दिएको हो । 


पोखरा सभागृह हलमा आयोजना हुने ट्यालेन्ट शोमा पोखरामा रहेका  ३२ मन्टेश्वरीका ४ सय ४० जना बालबालिकाहरुको सहभागिता रहने अध्यक्ष शान्ति बास्तोलाले बताइन् । उनका अनुसार एसोसिएसनमा ४८ मन्टेश्वरी स्कुल आबद्ध छन् ।


मन्टेश्वरीमा भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । मन्टेश्वरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको उनको भनाई थियो ।


कार्यक्रमकी संयोजक रिता पौडेलले ट्यालेन्ट शोमा ३२ आइटम प्रस्तुत हुने बताइन् । एकैपटकमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राख्ने उनले खुलाइन्  ।

 

संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ  भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बताइन् ।


कार्यक्रम सहसंयोजक बिष्णु घिमिरेले एसोसिएसनको नियमित कार्यक्रम अन्र्तरगतनै कार्यक्रम आयोजना गरिएको बताए ।  उनले यस कार्यक्रम लाई निरन्तरा दिदै जाने जनाए।


ट्यालेन्ट शोमा पुरस्कारको भने व्यवस्था गरिएको छैन । कार्यक्रममा बालबालिकाले गायन, चित्रकला, नृृत्य, अभिनय तथा नयाँ अन्य प्रतिभा समेत प्रस्तुत गर्न पाउनेछन् । ६ वर्ष मुनिका बालबालिकाको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रम सफल बनाउनको लागि मुल आयोजक समिति सगै बिभिन्न उपसमिति समेत बनाइएको छ ।


सन् २००० बाट कास्कीमा मन्टेश्वरी स्कुल संचालन भएता पनि २०७२ सालमा मात्रै मन्टेश्वरी एसोसिएसन कास्की नामक संस्थाको स्थापना भएको आयोजकले जनाएको छ ।

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँच...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

थप पढ्नुहोस्