मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी

२०/२५ जनाकाे समूहविरुद्ध जाहेरी, अहिलेसम्म विनयसहित ८ जना प्रहरी नियन्त्रणमा

पाेखरा | असोज १३, २०८०

मणिपाल काण्ड: तोडफोड गर्ने समूहलाई खोज्दै कास्की प्रहरी

पोखरा: मणिपाल अस्पताल प्रकरणमा चिकित्सक र मृतक परिवारबीच सहमति भएपनि घटनालाई उग्र बनाउन संलग्न भएका युवाहरुलाई कास्की प्रहरीले खोजतलास गरेको छ ।  

 

चिकित्सक र मृतक परिवार दुवै पक्षलाई वार्तामार्फत ६ बुँदें सहमतिसँगै विवाद साम्य पार्न खोजिएपनि मृतक पक्षका युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ विरुद्ध भएकाले कानूनी उपचारका लागि प्रहरीले खोजी गरेको हो । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले मणिपाल अस्पताल तोडफोडमा संलग्न युवाहरुलाई तिब्रताकासाथ खोजी गरिरहेको बताए । उनका अनुसार ति युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ ।

 


 

यो पनि पढ्नुहोस

 

घटना भएको (गत ८ गते) बेलुकी नै मणिपाल शिक्षण अस्पतालले विनय गुरुङसहित करिब (२०/२५ जना) समूहविरुद्ध जाहेरी दिएको थियो ।

 

सोही जाहेरीका आधारमा हिजो (शुक्रबार) सम्साँझै न्यूरोडबाट ७ जनालाई पक्राउ गरिएको एसपी थापाले बताए । पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का २ युवा रहेका छन् ।

 

‘हिजो राती ७ जनालाई नियन्त्रणमा लिएका छौं । बाँकी अरुको खोजी तिब्र पारेका छौं, एसपी थापाले भने, ‘संवेदनशील क्षेत्र मानिने अस्पतालमा तोडफोड गरेको कसुरमा उनीहरुलाई पक्राउ गरेका हौं । उनीहरु विरुद्ध घटना भएको बेलुकी नै विनय गुरुङ लगायत २०/२५ जनाको समूह विरुद्ध जाहेरी परेको थियो ।’ 

 

एसपी थापाले जाहेरी परेपनि घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न समय लागेकाले ति युवाहरुलाई पक्राउ गर्न केही दिन समय लागेको सुनाए ।

 

‘जाहेरी परेपनि त्यो क्रियाकलापमा संलग्नहरुलाई आइडेन्टिफाई गर्न समय लाग्यो । अस्पतालले दिएको सिसिटिभी फुटेजको आधारमा उनीहरुको खोजी गरिरहेका छौं । कसैलेपनि स्वास्थ्य संस्थामा तोडफोड, बाधा ब्यबधान गर्न पाइदैन । त्यसैले उनीहरुको कसुर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ । केही समय लागेपनि संलग्न सबैलाई पक्राउ गर्छौं,’ एसपी थापाले भने । 

 

७ जनालाई गएराती पक्राउ गरिएपनि घटना भएकै दिन पक्राउ परेका मालेपाटनका विनय गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ । उनी घटना भएकै दिन चिकित्सकलाई हातपात गरेको आरोपमा पक्राउ परेका थिए । 

 

लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि विवाद सुरु भएको थियो । 
 

त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित अनिश्चितकालिन आन्दोलनमा थिए ।

 

तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाएको थियो । 

 

जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक परिवार पक्षलाई वार्तामार्फत ६ बुँदें सहमति गराएपनि मृतक सुकमाया दुराको शव अझै नउठेको बताइएको छ ।


 

यो पनि पढ्नुहोस

 

 
 
 
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्