पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदै तीन जना बेपत्ता

पाेखरा | असोज १३, २०८०

पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदै तीन जना बेपत्ता तस्बिर फाइल

पोखरा:  बागलुङदेखि पोखरा आउँदै गरेको जीप पर्वतमा खोलाले बगाउँदा जीपसहित तीन जना बेपत्ता भएका छन् ।


पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा पर्ने मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो बगाउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए ।


प्रनाउ भुषालले जीपमा सवार यात्रुहरुको नामावली नखुलेको बताए । एक्कासी आएको बाढीको अवस्था बुझन सवारी चालक जीपबाट झरेको बेलामा एक्कासी आएको बाढीले सवारी सधान बगाएको प्रनाउ भुषालले बताए ।


सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता जीप र यात्रुहरुको खोजी भइरहेको प्रनाउ भुषालले जानकारी दिए ।
 

पोखरा ।      गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ ।   पोखरा महानगरपालिका ५ मालेपाटन...

थप पढ्नुहोस्

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्