प्रहरीले पुन: खोतल्यो मणिपाल काण्ड: सम्साँझै न्यूरोडबाट ६ जना पक्राउ
पाेखरा | असोज १२, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सम्साँझै न्यूरोडबाट ६ जना युवालाई पक्राउ गर्दै मणिपाल काण्ड फेरि खोतलेको छ ।
लम्जुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि तक्राव सुरु भएको थियो ।
त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउदै अनिश्चितकालिन आन्दोलनमा थिए ।
यो पनि पढ्नुहोस
तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाइसकेको थियो । फेरी आज बेलुकी करिब ८ बजे न्यूरोडदेखि मृतक पक्षका ६ जना युवालाई प्रक्राउ गर्दै मणिपाल काण्डलाई ब्युताएको हो ।
सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतका अनुसार पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का एक युवा रहेका छन् ।
यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई मणिपालको चिकित्सकमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो ।
विनय गुरुङ विरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने सहमति भएको थियो ।
तर फेरि युवाहरुलाई पक्राउ गरेसँगै मणिपाल घटना सेलाउन नपाउने देखिएको छ । उक्त विषयमा बुझ्नका लागि कास्कीका प्रहरी उपरीक्षक मोहन थापा र प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकलाई बारम्बार फोन सम्पर्क गर्दासमेत उठ्न सकेन ।
यस्ता छन् सहमति:
मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ ।
विनय गुरुङविरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने बताइएको छ ।
यो पनि पढ्नुहोस
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...



