गुरुङ गीत ‘ङोल्स्यो निच्यों’ विमोचनको तयारी
पाेखरा | असोज ४, २०८०
पोखरा: गुरुङ भाषाको गीत ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गीतको निर्माण पुरा भई विमोचन अन्तिम चरणमा पुुगेको छ ।
गायक केशबहादुर गुरुङ र गायिका उषा गुुरुङको स्वरमा रहेको गीतको म्युुजिक भिडियो सेप्टेम्बर २४ मा विमोचन गरिने गीतका मोडल अमृत गुुरुङले जानकारी दिए । भिडियोमा मोडल अमृत गुुरुङसँगै नियोना गुुरुङले अभियन गरेकी छिन् । मोडल अमृत र नियोना लामो समयदेखि हङकङ बस्दै आएका छन् । यो भिडियो हङकङको योङलोङ, सिङमुन, क्लियर वाटर वे जस्ता रमणीय ठाउँहरुमा छायांकन गरिएको मोडल गुुरुङले जानकारी दिए । अनिल गुरुङले खिचेको भिडियोको मनोज गुरुङले निर्देशन र टेकमान गुुरुङले सम्पादन गरेका हुुन् । मेकअपमा सुुशिला गरुङले साथ दिएकी छिन् ।

भिडियो हङकङमै विमोचन गरी एच के दर्पण युुट्युुब च्यानलबाट सार्वजनिक गरिने उनले जानकारी दिए । खुसी गुरुङको रचना रहेको गीतमा केशबहादुर गुुरुङको संगित र धनबहादुर गुुरुङको एरेन्ज रहेको छ ।
अधिकांस गुरुङ भाषाको गीत नेपालकै गुरुङ गाउँहरुमा छायाँकन गरिएपनि देश बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुुरुङले बताए । विदेशमा सुुटिङ भएता पनि गुरुङ सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरिएको उनको भनाई छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

