दक्षिणकालीमा बाग्मती नदीको पहरोमा फसेका रामबहादुरको उद्धार
काठमाडाैं | असोज ४, २०८०
काठमाण्डौ: सशस्त्र प्रहरी बल नेपालले बाग्मती नदीको पहरोमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।
गएराति काठमाण्डौको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको बाग्मती नदी किनारबाट उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी पहरोमा बस्नु भएको थियो ।उद्धार पछि लामालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

