२० वर्षीया युवतीलाई करणी आरोपमा ४ जना पक्राउ, १ फरार
डडेल्धुरा | असोज ४, २०८०
डडेल्धुरा: २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् ।
युवतीले आफुलाई कमल र २ जना १८ वर्षीय किशोरले गत वैशाख ५ गते दिउँसो नानिगाड खोलामा र तपेन्द्र तथा दिपकले गत वैशाख १२ गते साँझ डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई मंगलबार पक्राउ गरेको हो ।
घटनामा संलग्न एक १८ वर्षीय किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

