२० वर्षीया युवतीलाई करणी आरोपमा ४ जना पक्राउ, १ फरार
डडेल्धुरा | असोज ४, २०८०
डडेल्धुरा: २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् ।
युवतीले आफुलाई कमल र २ जना १८ वर्षीय किशोरले गत वैशाख ५ गते दिउँसो नानिगाड खोलामा र तपेन्द्र तथा दिपकले गत वैशाख १२ गते साँझ डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई मंगलबार पक्राउ गरेको हो ।
घटनामा संलग्न एक १८ वर्षीय किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

