विदेशबाट फर्केर पाडामा भविष्य खोज्दै मेलौरीका लुङदेली

काठमाडाैं | भदौ २१, २०८०

विदेशबाट फर्केर पाडामा भविष्य खोज्दै मेलौरीका लुङदेली

 नवलपुर जिल्लाको बुलिङटार वडा नंं २ मेलौरीका टेक बहादुर लुङदेलीले व्यवसायिकरुपमा  पाडा पाल्न थाल्नु भएको छ। पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाँडा पालनमा भविष्य देख्नु भएको हो ।

 
दुई बर्ष साउदीको होटलमा वयटर र साढे तीन बर्ष मलेसियामा सुरक्षा गार्डमा काम गरेको बताउँदै  उहाँले विदेश छोडेर परिवारसंगै वसेर उन्नत जातका भैसीका पाडा पाल्न शुरु गरेको जानकारी दिनुभयो ।
 कालिगण्डकी करिडोरको आशपासमा र सो क्षेत्रमा बाँझिएको जग्गामा दशवटा पाडा चराउदै गरेको अवस्थामा भेटिनु भएका लुङदेलीले रासससंग भन्नुभयो, “एक बर्षअघि दुई लाख ४० हजारमा खरिद गरेका ११ वटा पाडा मध्ये एउटा मरेको र हुर्केका १० वटा विक्री गरेर छ लाख भन्दा बढी आम्दानी गर्ने लक्षय छ ।”


“नलवपुरको डेढ गाउँ र आशपासमा सवै भन्दा बढी राँगाको मासु विक्री हुने गरेको छ” ३५ बर्षीय लिङदेलीले भन्नुभयो, “प्रजननका लागि राँगा बिक्री गर्ने पहिलो प्राथमिकतामा राखेको छु नभए आगामी दशै पर्वमा काटेर मासु विक्री गर्ने सोचमा छु ।”


मलेसियामा १२ घण्टा सुरक्षा गार्ड गर्दाको दुख सम्मेर स्वदेशमा नै केहीगर्ने सोच बनाएर फर्केको बताउँदै उहाँले परिवारले समेत विदेशमा जान नदिएपछि श्रीमती मनुमायाको सल्लाह अनुसार पाडा पालन शुरु गरेको बताउनुभयो । हुर्केका राँगाको मासु विक्रीबाट मात्र हैन मलले खेत वारीमा उत्पादन समेत बृद्धि भई दोहोरो फाईदा हुने गरेको छ । विदेशमा कमाएको ६५ हजार खर्च गरेर जग्गालाई चक्लावन्दि गरेको खेतमा यतिखेर दोव्वर धान उत्पादन भएको उहाँले बताउनुभयो ।


साना गरा हुँदा खर्च बढि हुने र मल बगाउने र पानी समेत नपुग्ने दुखेसो सुनाउँदै उहाँले थप्नुभयो, “ठुरा गरा र प्रसस्त पशुको मल राखेपछि एक हप्तासम्म पनि पानी अडिने गरेको छ ।” खेतमा धान निक्कै राम्रो भएको छ गोड्ने समयमा मात्र युरिया मलको प्रयोग गरेको उहाँको भनाई छ । उहाँले राँगासंगै दुई हल गोरु पनि चराउँदै आउनु भएको छ । गोठमा चारवटा बाख्रा र दुईवटा खशी रहेका छन् । सो क्षेत्रमा अहिले पनि खेत वारी जोत्नका लागि ट्रयाक्टर भन्दा गोरुको प्रयोग बढी हुँने गरेको छ । उहाँको सो क्षेत्रमा १२ हलको खेत र दुई हलको वारी रहेको छ । 


 कालिगण्डकी करिडोले पूर्व पश्चिम राजमार्गको गैडाकोटस्थित कालिगण्डकीचोक र तनहुँको घिरिङ हुदै भिममादसम्मको बाटो खुलेपछि उक्त क्षेत्रको उर्वर फाँटमा उत्पादित कृषि उत्पादन बजारिकणमा सुविधा पुगेको छ, कोरला, पोखरा–त्रिवेणी सडक सञ्चालन हुन सके यस क्षेत्र सहित गण्डकी प्रदेशको समृद्धिको आधार बन्ने उहाँको विश्वास छ ।


दुधको लोभले पाडापाडी नहुर्काउने र भारतवाट लाखौ रुपैयामा तिरेर भैसी खरिद गर्ने हाम्रो समाजमा यस्ता विदेशबाट फर्केर व्यवसायिकरुपमा पाडापाडी पाल्ने युवालाई तीनै तहका सरकारवाट प्रोत्साहन गरिनु पर्नेमा स्थानीयको सामुहिक आवाज रहेको छ ।
  

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्