कला संस्कृतिवाटै मानव सभ्यताको विकासः सासंद भट्टराई
पाेखरा | भदौ २१, २०८०

पोखराको वाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह उत्कृष्ट हुदै प्रथम भएको छ ।
श्री कृष्णजन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समुह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समुह फुलवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख, द्वितियलाई ७५ हजार, तृतियलाई ५० हजार, सान्त्वना टोलीलाई २५ हजार र सहभागी २४ टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो । मध्यरातीसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लिला समेत प्रस्तुत गरेका थिए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधी सभा का सदस्य विद्या भट्टराईले कला संस्कृतिवाटै मानव सभ्यताको विकास भएको वताउँदै, यसको संरक्षण गर्न आवस्यक रहेको वताउनुभयो । उहाँले यस्ता कार्यक्रमले पोखराको धार्मिक पर्यटन विकासमा समेत टेवा पुर्याउने स्पष्ट पार्नुभयो । प्रतिष्ठानका अध्यक्ष हरि वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी वस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदेैव अग्रसर हुने वताउनुभयो । प्रतियोगितामा सहभागी टोलीको मुल्यांकन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सह प्राध्यापक अम्विका प्र. भट्टराईले गनुभएको थियो ।कार्यक्रमको संचालन अग्रज दोहरी गायक प्रजापति पराजुलीले गर्नुभएको थियो ।
गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गरिएकोे प्रतिष्ठानका अध्यक्ष वरुवालले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, स्याङ्जा, वाग्लुङ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी भएका थिए । कार्यक्रम हेर्न महेन्द्र गुफा तथा चमेरे गुफा हेर्न पुगेका विदेशी पर्यटक समेत पुगेका थिए ।
वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...