अमरसिंह र भद्रकाली माविलाई क्रिकेट प्रतियोगिताको उपाधि

कास्की | असार ५, २०७९

अमरसिंह र भद्रकाली माविलाई क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा:  ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत छात्रतर्फ अम्मरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् । 

 

पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्फ अम्मरसिंहले बाराही माविलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

 

पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । अम्मरसिंहका सुमन पन्तले २९ रन जोडे । भद्रकालिका बलर अशोक रेग्मीले ४ तथा मनोज कार्कीले ३ विकेट लिए । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको बाराहीले ४६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । अम्मरसिंहका सुदिप भट्टराईले ५ विकेट लिए ।

 

छात्रातर्फ भद्रकालीले कालिकालाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला व्याटिङ गरेको कालिकाले ३५ रन बनाएको थियो । ३६ रनको चुनौती पछ्याएको भद्रकालीले ८ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त गर्‍यो  ।

 

भद्रकालिका श्रद्धा गुरुङ्गले ६ विकेट लिइन् । प्रतियोगितामा छात्रतर्फ अम्मरसिंहका सुदिप भट्टराई सर्वोत्कृष्ट खेलाडी बन्दा  बाराहीका अशोक रेग्मी उत्कृष्ट बलर र बाराहीकै मनोज कार्की उत्कृष्ट व्याट्स्म्यान भए । छात्रातर्फ अम्मरसिंहकी सजना खत्री सर्वोत्कृष्ट खेलाडी, श्रीकृष्ण माविका मंजली थापा उत्कृष्ट बलर तथा कालिकाकी रिया गुरुङ्ग वेष्ट व्याट्सउमन बनिन् ।

 

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ्ग, किडासाका सिइओ जेनिस मिलर, नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्ल, केन्द्रिय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, स्पोर्टस फर अलका खड्क रानाभाट, आयोजक समितिका अध्यक्ष बविन कुँवर, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए ।
 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्