जागिर छाडेपछि पुरानै कार्यालयमा चोरी गर्ने अजित पक्राउ

कास्की | असार ५, २०७९

जागिर छाडेपछि पुरानै कार्यालयमा चोरी गर्ने अजित पक्राउ

कास्की:  वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ विपीमार्गस्थित चुलो सेवा प्रालिको काउण्टरबाट नगद चोरी गर्ने एक जनालाई  पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई पोखरा १० औधोगिक क्षेत्र बस्ने २१ वर्षिय अजित विक रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।

 

पक्राउ परेका विकको साथबाट नगद ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र १ थान मोबाइल बरामत गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार चोरी गर्ने विक २ महिना अघि सम्म उक्त प्रालिमा लेखापाल (एकाउन्टेण्ट) का रुपमा कार्यरत थिए । 

 

औधोगिक क्षेत्रबाट सादा पोशाकमा एम्बुसिङ डिउटीमा खटिएको प्रहरी टोलीले आज (आइतबार) विहान साढे २ बजे विकलाई संकास्पद अवस्थामा झोलाको साथमा उक्त टोलीले नियन्त्रणमा लिएको  निमिक्त प्रवक्ता खड्काले जानकारी दिए ।

 

उनका अनुसार सोही क्रममा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । अहिले विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।

 

विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ बरामत गरेपनि चुलो सेवा प्रालिका संचालक सन्त बहादुर लामिछानेले भने उक्त काउण्टरमा ७ लाख २५ हजार ३ सय ५० र भारु ९ हजार रहेको प्रहरीलाई जानकारी दिएका थिए । सो बारे पनि अनुसन्धान हुने कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ ।  समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।  प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...

थप पढ्नुहोस्

काठमाडौं:  सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...

थप पढ्नुहोस्