शरणार्थी आन्दोलनको दरिलो खम्बा ढल्यो !
काठमाडाैं | असार ५, २०७९
पोखराः आफ्नो थातथलोबाट नेपालीभाषी लखेटिएपछि उनीहरुकै ताँतीमा मिसिएर झापाको बेलडाँगी आइपुगेका भुटानी डाक्टर भम्पा राईको आज बिहान पौने ३ बजे विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ ।
डाक्टर भम्पा ३० वर्षयता दमकमा बस्दै आएका थिए । नेपाल आएपछि भम्पा शरणार्थीहरुलाई देश फर्काउने आन्दोलनमा निरन्तर सक्रिय थिए ।
दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए।
भुटानको साम्चीमा जन्मे–हुर्केका र भुटानी राजपरिवारमा निकटको सम्बन्ध रहेका ७२ वर्षीय राईले सन् १९९१ को मेदेखि झापा जिल्लामा बसोबास थालेका हुन् ।
नेपाल फिर्तीको आन्दोलनका २ खम्बामध्ये एक टेकनाथ रिजालपछि अर्का यिनै भम्पा थिए ।
राई पेटसम्बन्धी रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए। उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

