पोखरामा नहरमा डुबेर बेपत्ता भएका बालक मृत फेला

पाेखरा | साउन २५, २०८०

पोखरामा नहरमा डुबेर बेपत्ता भएका बालक मृत फेला

पोखरा:   पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका बालक मृत फेला परेका छन् । 


पोखरा महानगरपालिका १७ पावर हावस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा नहरमा बगेर बेपत्ता भएका १० वर्षीय सम्बोधन अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ । 


पोखरा घारीपाटन बस्ने डिल्लीराम अधिकारीको छोरा सम्बोधन अधिकारी आज (बिहीबार) पावर हाउस नजिक नहर कुलोमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 


नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अधिकारीलाई शसस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट खटिएको टोलीले झण्डै एकसय मिटर तल मृत अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ । 

 

बालकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्