जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर
पाेखरा | साउन २५, २०८०
फाइल तस्बिर
पोखराः पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
इन्सटिच्युटका सञ्चालक किसानले सुनारले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । उनका अनुसार जापानमा नेपाली विद्यार्थीहरुलाई जापनिज भाषा अध्ययन तथा नर्सिङ केयर गिभरमा अध्ययनका लागी विद्यार्थीहरुलाई एक जना बराबर ३० लाखको छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिए ।
सञ्चालक सुनारका अनुसार इन्टरनेशनल जापान स्थीत जापनीज स्कुल तथा कलेज, इसिन नागाओका जापनीज ल्याङगोज स्कुल र टोवामा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् ।
विगत छवर्षदेखि जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सच्यिुटले यस वर्ष नर्सिङ केयर गिभरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

छात्रवृत्ति प्राप्त गर्नका लागि १२ कक्षा उतिर्ण हुनुपर्ने, जापनिज भाषा तथा संस्कृतिकमा एन फाइभ लेबलको भाषा पास हुनुपर्ने र महिलाहरुलाई बढी प्राथमिकता दिएको इन्सटिच्युटले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्न पोखरा पृथ्वीचोक स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर विद्यार्थीहरुले आवेदन दिन सकिने जानकारी दिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

