काठमाण्डाै महानगर प्रहरी र कपनका स्थानीयबीच झडप
काठमाडाैं | साउन २५, २०८०
फाइल तस्बिर
काठमाण्डौ: काठमाण्डौ महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । आज बिहीवार महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेर बनेका भन्दै घरटहरा भत्काउन डोजरसहित गएपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको हो ।
बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डीएसपी मीनबहादुर थापाले बताउनुभयो । स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतङ्क गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाण्डौ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो। दुवै पक्षका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासी महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

