राप्रपा कास्की प्रवक्ता गिरीले छोडे पार्टी
पाेखरा | साउन २५, २०८०

पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले पार्टी छोडेका घोषणा गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता एवम् कास्की क्षेत्र नम्बर २ (ख)का गण्डकी प्रदेश उम्मेदवार गिरीले बिहीबार फेसबुकमा स्टाटस लेख्दै पार्टी र सक्रिय राजनीतिबाट अलग भएको लेखेको छन् ।
उनले लेखेका छन्, ‘म अरुण गिरी, आजका दिनदेखि अनिश्चित कालका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदिय जिम्मेवारी र सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु ।’
गिरी सक्रिय राजनीतिमा लाग्न अगाडि चलचित्र पत्रकार संघमा आवद्ध थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...