सुकेटार विमानस्थल एक महिनादेखि अवरुद्ध
ताप्लेजुङ | असार ५, २०७९
ताप्लेजुङ : ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।
बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ ।
प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो । मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बूले बताउनुभयो ।
निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ । तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ ।
काठमाडौं: स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ...
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रब...
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...

