किंग्स कपको तयारी तिब्र, कस्ले जित्ला २ लाख २ हजार ?

काठमाडाैं | साउन १५, २०८०

किंग्स कपको तयारी तिब्र, कस्ले जित्ला २ लाख २ हजार ?

काठमाडौं:   काठमाडौंमा आजोजना हुने दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

 

किंग्स क्लब काठमाडौंले आगामी साउन २३ देखि २७ गतेसम्म ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा आयोजना हुने ‘दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको’ तयारी तिब्र पारिएको संस्थाका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए ।

 

उनका अनुसार घान्द्रुक दुर्घटनामा ज्यान गुमाएका क्लबका सक्रिय सदस्य बिनय पन्तको स्मृतिमा सो प्रतियोगिता सञ्चालन हुदै आएको छ ।

 

उनले सो प्रतियोगिताको विजेता टिमलाई नगद रु २ लाख २ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए ।

 

उनका अनुसार उपविजेता टोलील १ लाख १ हजार तथा शिल्ड, मेडल  तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने समुहले ५० हजार ५ सय रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै चौथो हुने समुहलाई पनि हौसला प्रदान गर्दै २० हजार २ सय रुपैयाँले पुरस्कृत गरिनेछ । 

 

अध्यक्ष शाहीले विधातर्फ सर्वोकृष्ट खेलाडीलाई ८ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकउत्कृष्ट डिफेन्डर,  उत्कृष्ट ब्लकर, उदीयमान खेलाडी र  उत्कृष्ट प्रशिक्षक जनही ३÷३ हजार प्रदान गरिने बताए ।

 

उनका अनुसार सो प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, आर्मीको जगदल गण, गण्डकी प्रदेश, जिएम समाज नवलपुर, खोटाङ हलेसी पूर्व, किंग्स क्लब काठमाडौं, न्युटन स्कुल लगायतका टिमहरुले सहभागीता आयोजकले जनाएको छ ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्