पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

  बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।   नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।    रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् ।    नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।   आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुदैछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् ।    आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।   

  पोखरा ।  थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् ।    आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन ।    यसैगरी एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए ।

पोखरा : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो ।    राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई एक को विरुद्ध तीन सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए ।     विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५-२०, तेस्रो २५-२१ र चौथो सेट २५-२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५-१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन ।    तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटरफाइनल प्रवेश गरेको छ । भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिनुभयो । क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन । यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ ।     सेनाकी सुनिता खड्का, शसस्त्रकी सरस्वती चौधरी सहभागी खेलको खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकले हुटिङ गरेर खेलाडीलाई हौसला प्रदान गरेका थिए । एपिएफकी निरुता ठगुल्नालाई 'वमेन अफ द म्याच' घोषणा गरिएको थियो ।    दोस्रो खेल आइतबार दिउँसो  बाग्मती र मधेश प्रदेश बिच हुने प्रतिस्पर्धा हुने तालिका रहेको छ । आजको अन्तिम खेल संगै पहिलो चरणको सबै खेल सकिने छ । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ ।     

  पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् ।   पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् ।   १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।  

पोखरा : त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडीको खेलको क्रममा मृत्यु भएको छ ।    पोखरा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६वर्षीय प्याराग्लाइडिङ खेलाडी  निसिम थापाको खेलका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।    सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेको थिए । 

  नवलपुर । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बागमतीले हात पारेका छन् । महिला डबलतर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण  दिलाए । महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन् ।  महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् । हाइजम्पमा आर्मीका सुर्यलाई स्वर्ण पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् । बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे ।  

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।   उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।  यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।  

पोखरा :  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले तीन/तीन स्वर्ण जितेका छन् ।    शनिबार राति सकिएको खेलमा कराँतेमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो ।    त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो ।    खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रूपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन् ।   सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।    पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् ।    भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।    पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए ।    यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने बागमतीका राइले रजतमा चित्त बुझाए ।    ४०-४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।    महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५-५० केजी तौल समूहमा बागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् ।   ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।    महिलातर्फको ३५-४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।    पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो । 

पोखरा : गण्डकी प्रदेशले पुरुष ह्याण्डबलतर्फ पहिलो स्वर्ण पदक जितेको छ ।    आठौं राष्ट्रिय खेलकुदको इतिहास दो¥हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो ।   फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतिय ओलम्पिक कमिटिका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १०÷१० हजार नगद प्रदान गरेका थिए ।   विभागीय आर्मीले रजत पदक जितेको छ । विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो ।   २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।   नवौं राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण   नवौं राष्ट्रिय महिला ह्याण्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपीएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।   उपविजेता एपीएफले रजत पदक जितेको छ । त्यसैगरि, गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।