पोखरामा प्याराग्लाडिङबाट खसेर खेलाडीको निधन

पाेखरा | असोज ३०, २०७९

पोखरामा प्याराग्लाडिङबाट खसेर खेलाडीको निधन

पोखरा : त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडीको खेलको क्रममा मृत्यु भएको छ । 

 

पोखरा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६वर्षीय प्याराग्लाइडिङ खेलाडी  निसिम थापाको खेलका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

 

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेको थिए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्