पोखरा: सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्या धावक स्टेफेन कोसगेईले लगातार दोस्रो पटक जितेका छन् । आज (शनिबार) पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो पटक उपाधि जितेका हुन् । केन्याका धावक स्टेफनले अघिल्लो संस्करणमा सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गर्दा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए । पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्धितीय भएका सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् । हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुराको ह्याट्रिक यस्तै शनिबार नै सम्पन्न भएको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईले ह्याट्रिक गरेकी छिन् । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । उनले २१ किमी दुरी १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पूरा गरिन् । एपिएफकी वृन्दा देसार श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन । यस्तै नेपाल पुलिसकी रेखा विष्ट सान्त्वना भईन । उनले १ घण्टा ३० मिनेट १४ सेकेण्ड मा पूरा गरिन् । महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतीय पूर्णलक्ष्मीले ७५ हजार र सान्त्वना भएकी विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
काठमाडौं : जेन ग्रीनको अविजित अर्धशतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो। पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका नामिबियन ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। लौरेन्सले ५४ बलको सामना गर्दा आठ चौका प्रहार गरेका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका माइकल भान लिङ्गेन ३५ बलमा दुई चौकासहित २२ रन जोडेर पेभेलियन फर्केका थिए। कप्तान जेरार्ड एरास्मस र यान निकोल १५–१५ रनमा आउट हुँदा ग्रीनसँग ९४ रनको साझेदारी गरेका पिकी या फ्रान्स ३९ बलमा चार चौका र तीन छक्कासहित ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउ चुके। रुबेन थ्रुम्पेल्मानले सात बलमा तीन चौका र दुई छक्कासहित अविजित २४ रन जोडे। सुरुआती साझेदारी तोड्न संघर्षरत नेपालका लागि १५औं ओभरमा सन्दीप लामिछानेले बिर्केन्स्टोकको विकेट लिएका थिए। त्यसपछि १७औं ओभरमा सन्दीपले भ्रमणकारी टिमका अर्का ओपनर लौरेन्सलाई पनि पेभेलियन फर्काएका थिए। तेस्रो विकेट नेपालले रन आउटमा निकालेको थियो। दीपेन्द्रसिंह ऐरीले फालेको २६औं ओभरको अन्तिम बलमा भान लिङ्गनेलाई सन्दीप जोरा र दीपेन्द्रले आउट गरेका थिए। सन्दीप लामिछानेले २९औं ओभरको दोस्रो बलमा एरास्मसलाई बोल्ड गरेका थिए। करण केसीले ३८औं ओभरमा यान निकोललाई विकेटकिपर आसिफको हातबाट क्याच गराएका थिए। ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।
पोखरा: श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् । उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाई गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म संचालन हुनेछ ।
पोखरा: फागुन ७ देखी पोखरामा शुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । फागुन ७ गते देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् । सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरी दोस्रो खेल सृजना स्कुल र जेसिए बिच हुनेछ । पहिलो दिन पाँच खेल हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । पहिलो दिनको तेस्रो खेल बालविकास र चिल्डेन लाइफ बिच हुने छ भने चौथो खेल सगरमाथा वि र गैडाकोट नमुना स्कुल बिच हुनेछ । पहिलो दिनको अन्तिम खेल लिटिल स्टेप मावि पोखरा र फियुचर ब्राइट स्कुल बाग्लुङका बिच हुने पराजुलीले बताए । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् । दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने छन् भने तेस्रो दिन सेमिफाइनलका २ खेल हुनेछ । फागुन १० गते फाइनल हुनेछ । कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरि १३ टिमले प्रतियोगितामा सहभागीता जनाएको प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगलले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
काठमाडौं: दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।
काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डविरुद्ध दुई सय ७५ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलको निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर स्कटल्यान्डले दुई सय ७४ रनको योगफल बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले पावर प्लेमा चार विकेट गुमाएर ६८ रन बनाएको छ। नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६ रन जोडेर पेभेलियन फर्किसकेका छन्। स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक तीन तथा मार्क वाटले एक विकेट लिएका छन्। नेपालका लागि क्रिजमा कुशल मल्ल १६ तथा सन्दीप जोरा पाँच रन बनाएर खेलिरहेका छन्। पहिलो इनिङमा एक सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेलेका थिए। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गरेका लिस्कले तीन चौका र ९ छक्कासहित एक सय सात रनको अविजित शतकीय इनिङ खेलेका थिए। लिस्कसँग ८१ रनको साझेदारी गरेका ज्याक हार्भिसले २६ रन बनाएर आउट भएका थिए। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची १९ रन जोडेर पेभेलियन फर्केका थिए। त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट भए। मार्क वाट २० रन जोडेर रन आउट भए। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो। जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ।
काठमाडौं: आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज (शुक्रबार) भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनायो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् । त्यस्तै, ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९/१९ रन जोडे । क्रिश ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यू क्रसले दुई रन मात्र बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
पोखरा: नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो । आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ । यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु सहभागि हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । यस्तै १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमश एक हजार छ सय र छ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको आयोजक मञ्चले जनाएको छ । प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् । ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागि धावकहरुलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने जनाइएको छ । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमश प्रथम, द्वितिय, तृतिय हुनेले प्राप्त गर्ने छन् । यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहिन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । यसै विच पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन् । यस्तो सहयोग गर्नेहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ४ लाख, न्यू ह्याम्पशायर वोष्टन अमेरीका निवासी नेपाली समाजले १ लाख १० हजार, एनआरएनए एनसिसी अस्ट्रेलियाले ५२ हजार, मञ्चका अस्ट्रेलियास्थित डर्विन संयोजक चन्द्र प्रकाश गुरुङलगायत सहकर्मीहरुले एक मुष्ट ५१ हजार, समाजसेवी भोज बहादुर गुरुङले २५ हजार, तारा गुरुङ अस्ट्रेलियाबाट २५ हजार सहयोग गरेका छन् । सो रकम पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुङलगायतले आफ्ना भनाई राख्दै पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा ल्याउन सहयोग गरेको बताए । पोखरा म्याराथनलाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक, केल्मी, एक्स टेप, नेपाल टुरिजम वोर्ड, हिमा असलगायतले सहयोग तथा प्रायोजन गरेक छन् ।
काठमाडौं : आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । कीर्तिपुर खेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो । यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपाललले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियामाथि दुई विकेटले पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको हो । लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ । स्कटल्याड ४८ अङ्कका साथ शिर्ष स्थानम छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कूल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् । त्यस्तै लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा नौ मा जित र १४ खेलमा मा हार बेहोरेको नेपाल २० अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । एकदिवशीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवशीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ । नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ । यसैगरी लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अङ्कका साथ पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अङ्क जोड्दै अन्तिम स्थानमा छ ।