मेश्रम बराह माविको आर्थिक सहयोगार्थ एभरेष्ट म्याराथन

पाेखरा | जेठ २, २०८०

मेश्रम बराह माविको आर्थिक सहयोगार्थ एभरेष्ट म्याराथन

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित मेश्रम बराह माविको लागि आर्थिक सहयोग जुटाउन ७ जनाले एभरेष्ट म्याराथानमा सहभागिता जनाउने भएका छन् । 


अन्नपूर्ण–१० घान्द्रुकस्थित मेश्रम बराह माविको आर्थिक सहयोग जुटाउन उनीहरु एभरेष्ट म्याराथनमा सहभागिता जनाउन लागेको पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् । 


विद्यालयको आर्थिक सहयोगका लागि युकेबाट सूर्य गुरुङको नेतृत्वमा आएका ७ जनाको टोलीले यहि जेठ १५ गते आयोजना हुने ‘एभरेष्ट म्याराथन’ एभरेष्ट क्याम्पबाट नाम्चे बजारसम्म हुनेछ । 


एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने एभरेष्ट म्याराथनका संयोजक सूर्य गुरुङले जानकारी दिए । 


‘विद्यालयको विकासको लागि आर्थिक सहयोग जुटाउने उद्धेश्यले एभरेष्ट म्याराथन–२०२३ मा आयोजना गरेका हौं, गुरुङले भने, ‘ विद्यालयको लागि अहिले ५ हजार पाउण्ड संकलन गर्ने लक्ष्य भएपनि अहिले दोब्बर पाउण्ड संकलन भएको छ ।’


उनका अनुसार एभरेष्ट म्याराथनमा ट्याप ट्याप सेण्डले ३५ सय पाउण्ड आर्थिक सहयोग गरेको छ । आथिक संकलन अभियान जेठ १५ गतेसम्म नै खुल्ला रहने भएकाले सहयोग रकम अझै बढ्ने संयोजक गुरुङले बताए । 


एभरेष्ट म्याराथनमा दोस्रो पटक सहभागी हुन आएका ताङतिङका तर्कजङ्ग गुरुङले विद्यालयर एभरेष्ट म्याराथनलाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्धेश्यले सहभागि भएको बताए । ‘म्याराथन सहभागिता मेरो दोस्रो पटक, विश्वकै अग्लो एभरेष्ट नेपालमा छ, म्याराथनको माध्यमबाट पनि चिनाउन लागि सहभागि भएको छु ।’ गुरुङले भने । 


अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयमा २०४७ सालबाट कक्षा ११ र १२ संचालनका अनुमति आर्थिक सहयोगबाट नै कक्षा संचालन हुँदै आएको छ । मेश्रम बाराह माविलाई शैक्षिक गुणस्तर वृद्धि गर्न, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न, गाउँपालिका क्षेत्रकै पर्यटन सम्बन्धी नमुना शिक्षण संस्थाको रुपमा स्तरोन्नती गर्ने उदेश्यले एभरेष्ट म्याराथनमा सहभागि भएर आर्थिक सहयोग अभियान सुरु भएको जनाइएको छ । 

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्