पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका तिलक बहादुर सुनुवार च्याम्पियन बनेका छन् ।  ...

काठमाडौं:  युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएकोे छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो ।       नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियोे । खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो । नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।       नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन् ।  नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्‍यो ।       नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक÷एक  विकेट हात पारे । त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।       नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।       नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारेका थिए । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् ।       नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ । त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

पोखरा:  पोखरामा सम्पन्न भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको छ ।  चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको हो ।  पोखरा महानगपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा भएको फाइनल खेलमा समिर सुनचाँदी पसलले पर्वतको पकुवालाई ३–१ को सेटमा पराजित गदैै उपाधि जितेको हो ।  समिर सुनचाँदीले पहिलो सेट २५–१९ ले जितेको पनि दोस्रो सेट २८–३० ले गुमाएको थियो । तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्दै समिर सुनचाँदीले पहिलो पार्क पुरुष भलिबलको उपाधि जितेको हो ।  उपाधि जितेको समिर सुनचाँदीले ६० हजार र उपविजेता पर्वत पकुवाले ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।  विधागततर्फ सञ्जु विक्रम शाह सर्वोत्कृष्ट  यस्तै विधागतर्फ समिर सुनचाँदी पसलका सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  यस्तै समिर सुनचाँदीका देवेन्द्र परियार उत्कृष्ट सेटर, रमेश गुरुङ ब्लकर, पर्वत पकुवाका रिम गुरुङ उत्कृष्ट डिफेन्डर, साहिल क्षेत्री सर्भर, पर्वत पकुवाका सन्दिप बस्याल उत्कृष्ट स्पाइकर र समिर सुनचाँदीका समिर विश्वकर्मा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।  चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता फागुन २० देखि २४ गतेसम्म सञ्चालन भएको थियो । 

काठमाडौं: युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आज भइरहेको नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा जारी खेल वर्षाका कारण रोकिएको हो ।       नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ब्याटिङ गरिरहेको थियो । खेलको आठऔँ ओभर सकिएपछि वर्षाले खेल रोकिएको हो ।  नामिबियाले आठ ओभरमा एक विकेट गुमाउँदै ३९ रन बनाएको छ । नामिबियाकी सुन विटम्यान नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएकी हुन् । नेपालकी पूजा महतोले उनको विकेट लिएकी छिन् । अहिले स्ट्राइकमा मेकेलान्ये म्वाटिले र एडेल भानजिल छन् ।      यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।       नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारे । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् । 

बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा आजदेखि सेमिफाइनलमा खेल हुदैंछ ।   मंगलबार सम्पन्न ४ खेलबाट जित हाँसिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलमा प्रवेश गरेको हो । आज (बुधबार) हुने सेमिफाईनल अन्र्तगत पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायी एवं दोश्रो खेलमा एन के क्लब र मत्स्य व्यवसायी समितिबीच प्रतिष्पर्धा हुनेछ । 

काठमाडौं:   घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।  अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ ।  तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ । 

पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक खेलमैदानमा आयोजना हुने दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।   यही २४ गतेदेखि चैत्र २ गतेसम्म सूर्यतारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेकोस कप खुला पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको छ ।   उक्त प्रतियोगिताको उपाधि राशी नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र निर्धारण गरिएको उनले बताए ।    यस्तै प्रतियोगिताको उपविजेतालाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।      विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए ।   प्रतियोगितामा बढीमा १२ वटा टिमलाई सहभागिता गराइने उनले बताए ।    उक्त खेल महोत्सवमा खुला सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने संयोजक पुनले बताए ।   कार्यक्रममा मुख्य प्रायोजकका रुपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सहप्रायोजकका रुपमा बन्दिपुर केवलकार प्रालि रहेको छ ।   उक्त कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले र समापन सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।    

काठमाडौं:   विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ ।  आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।   त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख  पुरस्कार प्राप्त गरेको छ ।       खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै  मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।        यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।      मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको थियो ।       फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुभएको थियो । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए ।      राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

पोखरा:   पोखरामा भोलिदेखि पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको संयोजनमा प्रतियोगिता हुन  लागेको हो ।   भोलिदेखि फागुन २४ गतेसम्म पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता हुन लागेको चिर्को युनिटी पोखराले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  चिर्को युनिटी पोखराका अध्यक्ष अञ्चल शाही ठकुरीले काठमाडौं पछि पोखरामा पहिलो पटक पार्क पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।   ‘पार्क पुरुष भलिबल प्रतियोगिता हामीले पहिलो संस्करणमा काठमाडौंमा समेत सम्पन्न गरिसकेका छौं, अध्यक्ष ठकुरीले भने, ‘काठमाडौंपछि पोखरामा पहिलो पटक प्रतियोगिता सञ्चालन गर्दै छौं, पोखरामा यस प्रतियोगितालाई निरन्तरता दिँदै आउँदो प्रतियोगितामा महिला भलिबललाई समेत प्राथमिकता दिँदै जान्छौं ।’ भोलिदेखि सुरु हुने पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडलर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडmी सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकले ट्रफी प्राप्त गर्नेछन् ।  यस प्रतियोगितामा सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका १ जना खेलाडीलाई मात्र एक टिममा समावेश गर्न पाउने अध्यक्ष ठकुरीले बताए । यस प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  प्रतियोगिता पोखरा महानगरापालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा सञ्चालन हुनेछ । पार्क भलिबल प्रतियोगितामा एक टिममा ५ जना खेलाडी र प्रशिक्षक हुनेछन् ।

पोखरा:   कास्की मादी गाउँपालिकाले पालिका स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।  मादी गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पालिका स्थापना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको हो ।  मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले कार्यपालिकाको निर्णय अनुसार पालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन लागेको बताए ।  ‘पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार साथै संस्कृति आदानप्रदान गर्ने हेतुले माघ १५ गते बसेको बैठकले पालिका स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन २७ देखि २९ गतेसम्म मादी गाउँपालिका–३ याङ्जाकोटमा सञ्चालन गर्दै छौं ।’ अध्यक्ष गुरुङले पहिलो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता पालिकास्तरीय भएपनि दोस्रो संस्करणमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।    उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले २ लाख,उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार रहेको पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।