पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

खोटाङः रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुहुन्छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्धार जस्ता विभिन्न द्वार छन् । प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ । हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीज, बोलबमलगायतमा मेला लाग्छ । मध्यपहाडी लोकमार्गको सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा पक्की पुल बनेसँगै तराईसँगको सिधायातायात जोडिएको छ ।

भक्तपुर, २८ चैत (रासस) ः मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताउनुभयो । बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन, युवापुस्ता तयार हुनुपर्छ ।” जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उहाँ बताउनुहुन्छ । व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ । बोडेको नीलबाराही मन्दिरसँग जोडिएको कथा र किंवदन्तीलाई पछिल्लो समय बिगारेर प्रचार गरेकामा दुखेसो व्यक्त गर्नुहुन्छ बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवापुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुप¥यो ।” केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपथ्र्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ । जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आए पनि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ । नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “यहाँको पहिचान नै कला, संस्कृति हो, त्यसैले यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाकारुपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याए, यस वर्ष पनि जात्रा चलाउन नगर पालिकाले बजेट दिएको छ, यसले जात्रा परम्परा र पर्वको संरक्षणमा टेवा पुगेको महसुस गरेको छु ।” परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो ।

बागलुङ, २६ चैत (रासस): वडाभर सिँचाइ सुविधा पु¥याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ । रु दुई करोड ३५ लाख ११ हजार बजेटको पखेरीडाँडा–देउराली–सिम्ले सिँचाइ आयोजना यही वर्षभित्र सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले बताउनुभयो । पक्की कुलो निर्माण भइसकेर अहिले पाइपलाइनको काम भइरहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेश सरकारको बजेटमा तीन वर्षअघि उक्त आयोजनाको काम थालिएको थियो । रेश खोलाको मुहानबाट साढे दुई किमी पक्की कुलो निर्माण गरेर बस्तीमा सिँचाइ सुविधा पु¥याइएको छ । धेरै वर्ष पहिले गाउँलेले खानेपानीका लागि ल्याएको कुलोलाई नै पक्की बनाएर सिँचाइमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताउनुभयो । “यसबाट १५० हेक्टर जग्गा सिञ्चित हुन्छ, यो रेशकै ठूलो सिँचाइ आयोजना हो”, उहाँले भन्नुभयो । सोही वडामा डोटा–साङ्खोला सिँचाइ आयोजना पनि सञ्चालित छ । आयोजनाको ९५० मिटर नहर बनाइएपछि अहिले किसानले सिँचाइ सुविधा पाइरहेका छन् । स्थानीय उपभोक्ता युवराज गौतमले उक्त आयोजनाबाट गोटडाँडा, सिम्ले, मरुवा, पैरैलगायत ठाउँमा सिँचाइ सुविधा पुगेको बताउनुभयो । “सिँचाइका लागि पानीको ठूलो स्रोत भएको यो आयोजनाले रेशका धेरै ठाउँलाई समेट्छ”, उहाँले भन्नुभयो, “चालू आवमा पनि थप रु १० लाखको बजेटबाट आयोजना विस्तारको काम हुँदैछ ।” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको बजेटमार्फत दुई वर्षअघि उक्त आयोजनाको काम सुरु गरिएको थियो । पहिलो वर्ष रु २० लाख, गतवर्ष रु ३० लाखको काम भएको उपभोक्ता समितिले जनाएको छ । सोही ठाउँमा विसं २०६८ मा पुरानो सिँचाइ कुलो मर्मत गर्ने क्रममा सुख्खा पहिरामा पुरिएका स्थानीय पाँच महिलाले ज्यान गुमाउनुपरेको थियो । अहिले बनेका आयोजनाबाट सिँचाइ सहज भएपछि गाउँले पनि खुसी छन् । रेशको अर्को सिँचाइ आयोजना हो, दामगाडे । खरदाङको मुहानबाट एक हजार ५०० मिटर पाइप बिच्छयाएर सिँचाइका लागि पानी ल्याइएको उक्त आयोजनाका उपभोक्ता रामचन्द्र गौतमले बताउनुभयो । आयोजनाबाट भुनिया, आलखेत, आँटारी हुँदै जिरेदीको फाँटसम्म सिँचाइ पुग्ने उहाँको भनाइ थियो। उपभोक्ता गौतमका अनुसार सिँचाइ आयोजनाबाट पानी मिल सञ्चालकले पनि लाभ लिइरहेका छन् । दामगाडे आयोजनाको मुहानबाटै अर्को सिँचाइ आयोजना पनि सञ्चालित छ । उक्त आयोजना भने स्थानीयवासीको लगानी र जनश्रमदानबाट बनाइएको हो । करिब एक हजार मिटर पाइपलाइनको यस आयोजनाबाट दामगाडेदेखि आरिमपाटासम्म सिँचाइ सुविधा पुग्छ । यस्तै सञ्चालनमा रहेको गाउँपालिकाको रु ५० लाख बजेट निर्मित पल्लाचौरी–डोटेस्वाँरा–बिरौटा सिँचाइ आयोजनाबाट रामपास, सिम्लेलगायतका ठाउँमा सिँचाइ सुविधा पु¥याइएको छ । रेशमा थप अरु आयोजनाका लागि पनि प्रस्ताव अघि बढाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । बनिसकेका र निर्माणाधीन आयोजनाबाट बस्ती छेउछाउका बारीसँगै बेसीको फाँटमा बाह्रैमास सिँचाइ सुविधा पुग्ने उहाँको भनाइ थियो । “रेशका एक हजार १०० घरधुरीले नै सिँचाइ आयोजनाबाट लाभ पाउँछन्”, वडाध्यक्ष लामिछानेले भन्नुभयो, “वर्षौंदेखि रेशका बासिन्दाले भोग्दै आएको सिँचाइको असुविधा अन्त्य हुँदैछ ।”

उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८, कुईने गाउँ जोड्ने सडक । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण सम्पन्न भई बुधबार उद्घाटन गरिएको हो ।