निर्वाचन परिणामका लागि प्रिक्साको निःशुल्क प्रविधि electionnepal.live
काठमाडाैं | बैशाख ३०, २०७९

काठमाडौं: यही वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनको नतिजा सजिलै आफ्नो वेवसाइटमा प्रकाशन गर्नको लागि Prixa Technologies ले electionnepal.live भन्ने निःशुल्क प्रविधि ल्याएको जानकारी यहाँहरुसँग बाँड्न पाउँदा हामीलाई अत्यन्त खुसी लागिरहेको छ ।
electionnepal.live ले निर्वाचन आयोगद्वारा प्रकाशित नतिजालाई द्रुत अपडेट गर्छ । Prixa ले सबै सञ्चारमाध्यमलाई निर्वाचनको परिणाम पाठकहरुसँग साझा गर्न सजिलो होस् भन्ने लागेर यो पोर्टलको अवधारणा ल्याएको हो । यो प्रविधिमार्फत कुनै पनि सञ्चारकर्मीहरुले निर्वाचनको परिणाम छिटोभन्दा छिटो आफ्नो वेवसाइटमा प्रकाशन गर्न पाउँछन् । निर्वाचनको नतिजा आफ्नो वेवसाइटमा प्रकाशन गर्न electionnepal.live मा गएर त्यहाँ भएको एम्बेड कोड कापी गरेर आफ्नो वेवसाइटमा राख्न सकिन्छ।
Prixa ले यस अघि पनि कोरोना संक्रमितको वास्तविक संख्या अद्यावधिक गर्नको लागि coronanepal.live भन्ने निःशुल्क प्रविधि बनाएको थियो र १००० भन्दा बढी संचारकर्मीहरुले आफ्नो वेवसाइटमा यो प्रविधि आत्मसात गरेका थिए । साथै कोरोनाको समयमा coronanepal.live २ लाख भन्दा बढी जनताले आफ्नो संचार माध्यममा सेयर गरेका थिए । अझै पनि उक्त प्रविधिले नेपाली जनतालाई सुसूचित रहन मद्दत गर्दै आएको छ र electionnepal.live पनि यही उद्देश्य लिएर बनाइएको हो ।
electionnepal.live को माध्यमबाट सबै जनतामा मत परिणामको जानकारी झट्टै होस् भनेर त्यसको लागि हामीले अहिले सञ्चालनमा आइराखेका सञ्चार माध्यममा निर्वाचन आयोगको तथ्यांकलाई आधार बनाएर सबै ठूला साना सञ्चार माध्यमहरुमा निःशुल्क कोड एम्बेड गर्नेछौँ । यसले गर्दा अत्यधिक संख्यामा रहेका संचार माध्यममा फरक फरक डाटा नआउन् र जनतालाई दुविधा नहोस् भन्नका लागि हामीले निर्वाचन आयोगको आधिकारिक डाटा नै राख्ने व्यवस्था गरेका छौँ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...