त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

चितवन | चैत १२, २०८१

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु

चितवन:    कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भइ भरतपुर महानगरपालिका–२९ स्थित चौध किलोमा त्रिशूली नदीमा खसेको हो ।

 

ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक र सह चालक दुबैजना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको उहाँले वताउनुभयो ।

 

ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका–५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते हुनुभएको छ ।

 

उहाँको चितवन मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:   शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरील...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् ।  नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानग...

थप पढ्नुहोस्

पोखरा:   असार १५ गते मनाइने धान दिवसको अवसरमा पोखरामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको छ ।  पोखरा महानगरपालिका–२६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २० औं संस्करण...

थप पढ्नुहोस्