बर्दिया: बर्दियामा सर्पले डस्दा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते जनाइएको छ । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा चिकित्सकले सर्पको डसाइबाट मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । प्रहरीका अनुसार बालकलाई सर्पले डसेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ । सर्पको डसाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन ९ब्राह्मण० पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । बाल्मिकी क्याम्पसका प्राडा देवमणि भट्टराई दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पुजाअर्चना गर्ने प्रचलन रहेको बताउनुहन्छ । “प्रदूषणयुक्त विषविषालु जीवलाई नागले पान गरेर चराचर जगत्लाई नै कल्याण गर्ने कुरालाई बुझेर ऋषिमुनीहरूले नागको पूजा गर्नुपर्छ भनेर पञ्चमी थिती निर्धारण गरे”, उहाँले भन्नुभयो ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला/पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले मञ्चलाई सुम्पेको हो । विजेता बनेको मञ्चको टिमले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भने, फोनिज गण्डकीले मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । महिलातर्फको खेलमा फोनिज गण्डकीको टिमले नेपाल पत्रकार महासंघ कास्कीको टिमलाई २५–२१ र २५–२० को सोझो सेटमा पराजित ग¥यो । भेट्रान्सतर्फको खेलमा पनि आयोजकको टिमले पत्रकार महासंघको टोलीलाई २५–१६ र २५–१४ को सेटले हरायो । दुवै विधामा विजेता बनेको फोनिजको टिमले सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने, उपविजेता भएको पत्रकार महासंघको टिमले मेडल र प्रमाणपत्र पायो । प्रतियोगिता अन्तर्गत भएको छेलो प्रतियोगितामा पुरुषतर्फ अशोक थापा प्रथम बने । विजेता थापाले नगद रु २ हजारसहित फेटा र मेडल प्राप्त गरे । महिलातर्फ प्रियंका गर्बुजा मगर प्रथम बनिन् । उनले पनि नगद रु २ हजारसहित दोसल्ला र मेडल प्राप्त गरिन् । प्रतियोगिताको उद्घाटनपछि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकुद र पत्रकारितको माध्यमबाट समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्ने बताए । ‘खेलकुदको अनुशासन र पत्रकारितको सचेतनालाई सँगै राखेर समाजलाई अनुशासित, मेहनती र लगाशिल बनाउनुपर्छ,’ उनले भने, ‘यदि यसो गर्न सकिएमा राष्ट्र नै अनुशासित हुन्छ अनि कर्तव्यनिष्ट र जवाफदेही बन्छ ।’ प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश भित्रका खेल क्षेत्रको विकास लागि तल्लिन रहेको उनको बताए । यसका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । खेलकुद संयोजक अर्जुन गाहा ‘सुशान्त’ ले आगामी वर्ष पनि फोनिजले खेल गतिविधिलाई निरन्तरता दिने बताए । फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङले पत्रकारहरुको भाइचारा प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरेको बताए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले फोनिजले यो वर्ष रजत वर्ष मनाईरहेकाले गण्डकी र कास्की शाखाले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको बताए । रजत वर्षकै अवसरमा साउन २७ गते मुल कार्यक्रम आयोजना गरी कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरिने महासचिव धनबहादुर गुरुङले जानकारी दिए । यसका लागि कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नलवपुरकी कमला रानामगर छनोट भइसकेको उनले बताए । सोही दिन अनिज स्थापनामा योगदान दिने र फोनिजलाई साथ, सहयोग र सल्लाह गर्ने अग्रज फोनिजकर्मीहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले बताए ।
पोखरा: गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का बिखर्चीले मगर समुदायको भाषा संरक्षणका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको आयोजना र जिल्ला समितिको सहकार्यमा भएको एक महिने मगर ढुट (भाषा) कक्षाको समापन समारोहमा बोल्दै कुलपति बिखर्चीले मगर समुदायको भाषा, कला संस्कृतिको संरक्षणमा पज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको बताए । ‘धेरै जातजाति मिलेर बनेको नेपालमा एउटा मगर समुदाय पनि महत्वपूर्ण जाति हो, गण्डकी प्रदेशमा पनि मगर समुदायको भाषा उत्थानका निम्ति कुनै भेदभाव नगरी गण्डकी पज्ञा प्रतिष्ठान सहयोग गर्न तयार छ, कुलपति बिकर्चीले भने, ‘गण्डकी प्रज्ञा प्रतिष्ठान कला संस्कृति, भाषा साहित्यको संरक्षण निम्ति हो , त्यसमा पनि मैले कसैलाई भेदभाव नगरी सहयोग गर्ने प्रण गरेको छु र आज पुनः दोहो¥याएको छु ।’ गण्डकी पज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले गण्डकी प्रज्ञा प्रतिष्ठानले मगर समुदायको इतिहासको बारेमा पुस्तक प्रकाशित गरिसकेको समेत बताए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानले भाषा, कला संस्कृति र साहित्यको कुरा गर्दा मगर जातिको किताब पहिलो रुपमा निकालेको हो, प्रज्ञा प्रतिष्ठानले मगर जातिको इतिहास भनेर किताब निकालेको हो, त्यो तपाईहरुको लागि यो सहयोग हो र हाम्रो लागि अमूल्य सम्पत्ति हो ।’, उनले भने । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष एमव् मगर ढुट (भाषा) प्रशिक्षक रुद्र श्रीस मगरले मगर भाषाको आधारभुत तहको ज्ञान लिने अवसर भएको बताए । ‘यो एक महिना मगर भाषा सिक्नका लागि त्यति प्राप्त समय त होइन तर अहिले जुन मगर भाषाको पाठ्यक्रम तयार भएको छ त्यसमा रहेर हामीले आधारभुत तहको ज्ञान लिने अवसर पाएका छौं ।’ श्रीस मगरले भने । ‘एक महिनासम्म सञ्चालन भएको मगर भाषा कक्षाबाट विद्यार्थीहरुले अरुले सिकेका ज्ञानलाई व्यवहार उतार्न सके सिकाईको उपलब्धी हुन्छ ।’ पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अध्ययनका लागि देशका विभिन्न जिल्लाबाट आएका मगर विद्यार्थीहरुलाई लक्षित गरेर एक महिना मगर ढुट (भाषा) कक्षा सञ्चालन गरिएको क्याम्पस समितिका उपाध्यक्ष इन्द्रा थापामगरले बताईन् । ‘मगर समुदायमा विशेष गरी तीन वटा मातृभाषा रहेका छन्, गण्डकी प्रदेशको ११ जिल्ला मध्य बागलुङको पश्चिम क्षेत्र बाहेक अन्य क्षेत्रमा मगर ढुट (भाषा) बोल्ने मगर समुदायको बाहुल्यता रहेको छ’, थापामगरले भनिन्, ‘मगर समुदायको मातृभाषा पुस्तान्तरण नहुँदा लोप हुुँदै गएकाले संरक्षणका लागि क्याम्पसमा १ महिना सम्म मगर ढुट (भाषा ) प्रशिक्षण सम्पन्न भएको बताईन् । असार २० गतेदेखि सुरु भएको मगर भाषा कक्षामा ३९ जनाको सहभागिता रहेको थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाले भोलि ३० औं विश्व आदिवासी दिवसको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आज बसेको कार्यपालिकाले बैठकले भोलि ३० औं विश्व आदिवासी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनले भोलि गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने जानकारी दिए ।
म्याग्दी: वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोप्नुभयो । यस्तै मङ्गगला गाउँपालिका– ५ की विमला रोकाले विगत वर्षमा खेती गर्ने जागर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुहुन्थयो । तर,यस वर्ष रु चार हजार खर्च गरेर खनजोत गरेपछि पाँच रोपनी बारीमा खेताला लगाएर कोदो रोपेको बताउनुभयो । पछिल्लो समय माग ग्रामीण तथा सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । गाउँमा आयातित मदिरा भन्दा कोदोको मदिरा बढी रुचाइन थालेपछि उत्पादिन कोदो रु दुई सय ५० प्रतिपाथी गाउँमा नै खपत हुन थालेको छ । त्यसैगरी सहरमा कोदोको परिकारप्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेपछि यहाँका किसान कोदो खेतीतर्फ आकर्षित भएका मालिका गाउँपालिका–६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यसवर्ष कोदो खेती विस्तार गरिएको छ । “मकै र गहुँको भन्दा कोदोको खोजी बढी हुन थालेको छ”, मालिका गाउँपालिका–६ का वडासदस्य छरदेवी घर्तीले भन्नुभयो “अरु अन्न बिक्री गर्न कठिन हुन्छ । तर कोदो खोज्न ग्राहक घरघरमा नै आइपुग्छन् ।” केही वर्षअघिसम्म घर अगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायतका धेरै गाउँमा गत वर्षदेखि कोदोखेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आएका छन् । पछिल्लो समय गाउँबाट सहर गएका नागरिक बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका छन् । “सहरमा कोदोको माग बढी छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला ९कृषि मजदुर० खोजी चार दिन लगाइ कोदो रोपेँ”, मङ्गला गाउँपालिका–२ का याममती रोकाले भन्नुभयो । पछिल्लो समय गाउँ घरमा पनि जाडोको समयमा कोदोको ढिँडो र रोटी खाने बानीको विकास हुँदै गएको छ । “बजारबाट ल्याएका चाउचाउ, बिस्कुट, चिउरा, भुजा, नमकिन लगायतका वस्तुलाई खाजाको रुपमा प्रयोग गर्ने क्रम घट्दै गएको छ, गाउँलेले पाएसम्म गाउँकै उत्पादनलाई खाजा र खानाको रुपमा प्रयोग गर्न थालेका छन् । सबैको रोजाइमा कोदो पर्दैगएको छ”, दरबाङको केवी एकेडेमीका शिक्षक मीन सुनारले भन्नुुभयो । उहाँका अनुसार उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ । विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भनेजति मूल्य पर्न थालेपछि गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरी नै कोदो खेती गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, दरबाङ, सिंगा तातोपानी, भुरुङ तातोपानी लगायतका बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीले बताएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।
बागलुङ (ढोरपाटन): गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उहाँको भनाइ छ । पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ ।
पोखरा: पोखरा महानगरपालिका–३ नदीपुरमा यही आउँदो भदौ ४ र ५ गते खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फोर बदर्श पोखरा र लभर्स ट्रि रेष्टुरेन्ट पोखराको सुयुक्त आयोजनामा पोखरा–३ नदीपुरमा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक समित गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले ६० हजा, उपविजेताले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १ टिमलाई ४ हजार रुपैयाँ शुल्क कायम गरिएको आयोजकले जनाएको छ । भदौ ४ र ५ गते हुने खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता पोखरा–३ नदीपुरस्थित इलाइट भलिबल एकेडेमीको कोर्टमा हुनेछ । खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताका खेलकुद संयोजक मलिन रोका मगरले युवाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले ४ जना युवाहरुको सक्रियतामा पोखरा–३ नदीपुरमा इलाइट भलिबल एकेडेमी सञ्चालन गरेका छौं, एकेडेमीमा युवा÷युवतीहरुलाई ग्रास रुटबाट नै भलिबल प्रशिक्षण गराउने उद्धेश्यले एकेडेमी सञ्चालन गरेका हौं’, रोकाले भने, ‘एकेडेमी सञ्चालन गर्दै गर्दा युवाहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’ खेलकुद संयोजक रोकाले खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा युवाहरु लक्षित भएकाले राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जना खेलाडी मात्र टिममा समावेश गर्न पाइने बताए । ‘खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा हामीले विशेष गरी ग्रास रुट र भलिबलमा सिक्दै गरेका युवाहरुलाई लक्षित गरेका छौं’, उनले भने, ‘प्रतियोगितामा राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जनालाई मात्र समावेश गर्न पाइने नियम बनाएका छौं ।’
तनहुँ: तनहुँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो । उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा विनयकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिहलगोरु रु चार हजार अनुदान दिने गाउँपालिकाको नीतिअनुसार तीन सय ४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ । यस कार्यक्रमका लागि सुरुमा रु १० लाख विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताउनुभयो । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उहाँको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिनुभयो । आव २०७९/८० मा दुई सय ५० किसानलाई अनुदान उपलब्ध गराइएको थियो । प्रोत्साहन रकम पाएपछि हलगोरु संरक्षणमा सहयोग पुग्ने भन्दै किसान खुसी भएका छन् । गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै किसानलाई बैङ्किङ प्रणालीमार्फत रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

