माओवादीप्रति जनताको आकर्षण बढेको छ: उपमहासचिव पुन

काठमाडाैं | भदौ ३०, २०८१

माओवादीप्रति जनताको आकर्षण बढेको छ: उपमहासचिव पुन तस्बिर फाइल

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गर्नुभएको छ । 

    
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताउनुभयो । 

    
माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वस व्यक्त गर्नुभयो । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उहाँले सचेत गराउनुभयो । 

    
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो । 

    
भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।  त्यस्तै, युके प...

थप पढ्नुहोस्

नवलपरासी:     पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ ।  डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक ...

थप पढ्नुहोस्

ढोरपाटन:   चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थ...

थप पढ्नुहोस्