काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

काठमाडौं:    नेपाल रेडक्रस सोसाइटीको ६२औँ स्थापना दिवस ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज देशव्यापी रूपमा मनाइएको छ । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालय ताहचलमा रेडक्रसको झण्डोत्तोलन गरिएको छ ।            कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवक र कर्मचारीको योगदानको सराहना गर्दै सम्पूर्ण रेडक्रसकर्मी सदैव मानवीय सेवामा उत्रनुपर्ने बताउनुभयो ।  नेपाल रेडक्रसका उपाध्यक्ष राधा नेपालीले रेडक्रसका स्वयंसेवक र कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो ।            सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवामा तल्लीन रहेको जानकारी दिनुभयो ।  हाल सोसाइटीअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् ।            रेडक्रस सोसाइटीले विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गरिरहेको छ ।            रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटी र आइएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरणलगायत क्षेत्रमा देशव्यापी रूपमा गतिविधि सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।           नेपाल रेडक्रस सोसाइटी कर्मचारी सङ्घ र कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहन स्वरुप शैक्षिक सहयोग वितरण गरिएको थियो ।

पर्वत:     पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाइते भएका छन् ।       नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् ।  घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौं:     पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा खुसी व्यक्त गरेकी छन् ।  चीनको साङ्घाइमा आर्किटेक्चर पढिरहेकी उनले रातभरी नसुतिकन मेहनत गरेकै कारण आज यस सफलता हासिल गर्न सफल भएको बताइन् । उनले भनिन्, “दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेको हो ।”       सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन् । काठमाडौँंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन ।       पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन् । त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन् ।       सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन् । त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन् । तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् ।       सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए ।  उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे । प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे ।       राज्यले खेलाडीलाई खाने, बस्ने व्यवस्था मिलाएर तालिमको वातावरण बनाइदिए ‘पारा’ बाट धेरै खेलाडीले पदक जित्ने सम्भावना रहेको उनले बताए । पारा तेक्वान्दोका प्रशिक्षक नेगीले सन् २०१५ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।            पेरिस पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५७ किलोमुनि तौल समूहमा नेपालकी पलेशाले कांस्य पदक जितेकी हुन् ।      नेपालले यसअघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन रहेको थियो । नेपालले सन् २००४ को ग्रीसको एथेन्स पारा ओलम्पिकदेखि  ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।       पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो ।  त्यसैगरी पलेशालाई आज काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई नगद पुरस्कारसहित सम्मान गरे । महानगरले सम्मानबापत पेलेशालाई रु पाँच लाख लाख तथा प्रशिक्षक नेगीलाई रु तीन लाख प्रदान गरेको छ ।        आज नै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रमि लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए ।       पलेशाको सम्मानमा त्रिभुवन विमानस्थलबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर ¥याली टुङ्गिएको थियो ।       पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको  के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।  पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित हुन पुगिन् ।  दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्यपदक नजिक पुगेकी हुन्  ।      गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले  स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । 

पोखरा:    युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि लोक बहादुर थापालाई अध्यक्ष पदमा  सर्वसम्मत चयन गरेको हो ।  क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित भएका छन ।  युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए । यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको बताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने बताए ।  युनाइटेड क्लबमा आवद्ध युवाहरुले एकीकृत भइ सामाजिक काम गरेकै कारण क्लब १५ औं साधारण सभा सम्म आइपुुगेको समेत बताए ।  पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एक अर्काबीच पर्यायबाची शब्द रहेको वताउदै युनाइटेड क्लव पोखरामा स्थापना भएतापनि नेपाल भर सामाजिक काम मार्फत आफुलाई अब्बल बनाउन सफल भएको बताए । विगतमा पनि युनाइटेड क्लब संग सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य गरेरै आफुहरु अगाडी वढ्ने उनको भनाइ रहेको थियो । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा बिकास भइरहेको बताउदै त्यस तर्फ सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गराए ।  क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्नीय काम गर्दै आइरहेको भएतापनि क्लबले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजनालाई अगाडी विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने बताए ।  युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबमा आवद्ध सम्पुर्ण एकजुट भएर अगाडी वढेकै कारण आज सम्म सफलता पाइरहेको वताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो ।  सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।      शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साथै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो ।       सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताउनुभयो । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।       कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जित्नुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो ।  सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा रहेका कर्मचारीको कार्यशैली र क्षमतामापनि असफलता झल्किने उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटी प्रति सबै प्रतिवद्ध हुनुपर्छ ।’ कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तरक्रियामा सहभागी कर्मचारी संघ, संगठनहरुले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो । जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा देखिएका तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी गरिएको बताउनुभयो । साथै उहाँले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने बताउनुभयो ।    प्रदेश कर्मचारी कल्याणकारी कोष स्थापनाका लागि चालु वर्ष प्रदेश सरकारले १ करोड विनियोजन गरेको बताउँदै उहाँले प्रदेश भित्रका स्थानीय तहलाईपनी कोषमा सहभागी गराउने बताउनुभयो ।  कर्मचारी सरुवा र वृत्तीविकासका सन्र्दभमा उचित मापदण्ड बनाएर लागु गर्ने विषयमा सबै कर्मचारी ट्रेड युनियनलाई एकमत भएर सहयोग गर्नु उहाँले अनुरोध गर्नुभयो । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रमुखहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क ९एडिबी० का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ ।            सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।  भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमासमेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।      मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभएको ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।       दुई ठूला राजनीतिक दल मिलेर  दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।        भेटमा एडिबीका प्रतिनिधि  काउकोइसले एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराउनुभएको थियो । उहाँले एडिबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताउनुभयो ।            भेटमा मन्त्रालयका सचिव  सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । 

काठमाडौं:    काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।      महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।      सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।        पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।    

काठमाडौं:    पछिल्लो दुई  कारोबार दिन उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ९० दशमलव ७३ अङ्क अर्थात् तीन दशमलव २० प्रतिशतले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ को विन्दुमा कायम भएको हो ।           आज तीन सय २० कम्पनीको दुई करोड ६५ लाख ८४ हजार एक सय ९२ कित्ता शेयर एक लाख ३७ हजार एक सय ६३ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार दुई सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव १५ र होटल तथा पर्यटन समूह चार दशमलव ७४ प्रतिशतले घटेको छ ।       बैंकिङ तीन दशमलव १७, विकास बैंक दुई दशमलव २९, जलविद्युत् तीन दशमलव ५९, लगानी तीन दशमलव ५६, जीवन बीमा तीन दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५५ अङ्कले घटेको छ । त्यस्तै लघुवित्त एक दशमलव ३८, म्युचुअल फन्ड एक दशमलव ३७, निर्जीवन बीमा दुई दशमलव ७३, व्यापार दुई दशमलव ६८ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले घटेको छ ।      एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुमारी इक्विटी फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।      कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ३० करोड ५२ लाख ६१ हजार तीन सय ११ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको सात लाख १९ हजार तीन सय ३९ कित्ता शेयर किनबेच भएको छ ।