पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

 लमजुङ:  विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।  यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् ।  मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ । यतिबेला यहाँका स्थानीय एवं घरबास -होमस्टे_ सञ्चालकहरु पर्यटकको पखाईमा छन् ।  दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ  वर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ । त्यसैले घरवास सञ्चालकहरु यतिबेला वर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् ।  ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब वर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताउनुभयो ।  यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उहाँको भनाइ छ । घरवास सञ्चालक हेमकुमारी गुरुङले भन्नुभयो, “वर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब वर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौँ ।” यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन् ।  गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।   पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।  पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उहाँको भनाई छ । घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो । उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरवास -होमस्टे_ सञ्चालनमा छन् । एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् । घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातिय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् ।    विसं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।  स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ ।  नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो । यस गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली -डा हर्क हिमाल_, सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल -दोस्रो_, अन्नपूर्ण हिमाल -चौथो_, छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।    यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । घलेगाउँ काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ ।     बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ ।     विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।  यस गाउँमा जिल्लाभरमै सबैभन्दा बढी पर्यटक आउने गर्छन् ।  मुलुककै पहिलो स्मार्ट भिलेज, खुसी गाउँ र दक्षिण एसियाकै नमूना गाउँको रुपमा परिचित छ । जिल्लाका धेरै गुरुङ गाउँहरुले पर्यटकीय सम्भावना बोकेका छन । यीमध्ये घलेगाउँ फरक शैली र पर्यटन क्षेत्रमा फड्को मार्दै जिल्लाकै उदारणीय गाउँको रुपमा परिचित छ । यतिबेला यहाँका स्थानीय एवं घरबास -होमस्टे_ सञ्चालकहरु पर्यटकको पखाईमा छन् ।  दैनिक दुई सय देखि तीन सय पर्यटक आगमन हुने यहाँ  वर्खा लागेसँगै पर्यटकको आगमन ह्वात्तै घटेपछि सुनसान जस्तै बनेको छ । त्यसैले घरवास सञ्चालकहरु यतिबेला वर्खायाम सकिने क्रमसँगै पर्यटकको स्वागत, सत्कार गर्न आतुर भएका हुन् ।  ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव तथा घरवास सञ्चालक दीर्घराज घलेले असार लागेसँगै पर्यटक नहुँदा सुनसान रहेको यस गाउँमा अब वर्खा सकिन लागेकाले मौसम सफा हुने, यहाँ आउने बाटोहरु सफा हुने भएकाले पर्यटक आउने बेला हुन लागेको बताउनुभयो ।  यहाँका घरवास सञ्चालकले यतिबेला सुत्ने कोठाहरु सफा गर्ने, पर्यटकका लागि आवश्यक सामग्री तयार गर्न थालेको उहाँको भनाइ छ । घरवास सञ्चालक हेमकुमारी गुरुङले भन्नुभयो, “वर्खा लागेर तीन महिना पर्यटक ठप्प जस्तै हुँदा दुई चार पैसासमेत आम्दानी छैन, अब वर्खा सकिन लाग्यो पर्यटक आउने र आम्दानी हुने पर्खाइमा छौँ ।” यहाँका अधिकांश घरवास सञ्चालकको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो । यहाँ पर्यटकीय सिजनमा प्रति घरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नहुँदा फुर्सदिला बनेका घरवास सञ्चालक पर्यटक पर्खदै उनीहरुका लागि आवश्यक अर्गानिक सामग्रीको तयारीमा व्यस्त छन् ।  गाउँमा आएका पर्यटकलाई स्थानीयले स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा लगाइदिने गर्दछन् । अनि गुन्द्रुक, मकै भटमास, कोदोको सेलरोटी, चियालगायत परिकारहरु खुवाउँछन् । स्वागत र विभिन्न परिकारहरु पर्यटकलाई दिएपछि गुरुङ संस्कृतिको गीत तथा नाचहरु प्रस्तुत गरी पर्यटकलाई भरपूर मनोरञ्जन दिलाउँछन् ।   पर्यटकलाई घरमा लगेर गुरुङ संस्कारमा आधारित घाटु, कृष्ण चरित्र नाच, घ्याबे्र, लामा, सोरठीलगायतका परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा हो । यसबाट आफ्ना संस्कार र संस्कृतिको जर्गेना हुने र पर्यटकले यसबारे जानकारीसँगै मनोरञ्जन लिने गरेको पर्यटन व्यवस्थापन समिति, घलेगाउँका अध्यक्ष तथा क्होलासोथर गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।  पर्यटकको पर्खाइमा बसेका घलेगाउँबासीहरु पर्यटक आगमन हुँदा उत्साहित हुने उहाँको भनाई छ । घलेगाउँमा घरवासको क्षमताभन्दा बढी पर्यटक आउने बेलामा अन्य छिमेकी गाउँका घरवासमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो । उक्त समितिका अनुसार विसं २०५७ बाट सञ्चालनमा आएको यस घरबासमा यतिबेला ४४ घरमा घरवास -होमस्टे_ सञ्चालनमा छन् । एक रातमा तीन सय जना बास बस्ने क्षमता छ । साथै यहाँ दुई वटा होटल सञ्चालनमा छन् । घरवासमा पुगेका पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातिय पहिचानसहित सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्दछन् ।  विसं २०६२÷६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।  स्मार्ट भिलेज तथा खुसी गाउँ घोषणा केही वर्षअघि भइसकेको छ ।  नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरूको उद्गमथलो तथा घलेराजाले अन्तिम राज्य सञ्चालन भएको गाउँ हो यो । यस गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल, सात हजार आठ सय ३५ मिटरमा रहेको ङादीचुली -डा हर्क हिमाल_, सात हजार नौ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल -दोस्रो_, अन्नपूर्ण हिमाल -चौथो_, छ हजार नौ सय ६३ मिटर उचाइको माछापुच्छे« हिमाल, सात हजार आठ सय ९३ मिटर उचाइको हिमालचुली, छ हजार नौ सय ८६ मिटर उचाइको लमजुङ हिमाल र छ हजार छ सय ७२ मिटर उचाइको बुद्व हिमाल देखिन्छ ।   यहाँ अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार दुई सय ५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । साथै बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । घलेगाउँ काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा रहेको छ ।     बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । 

पोखरा:  पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघको अध्यक्ष हुने पालो आफ्नै रहेको बताएका छन् । प्राकृतिक न्यायको सिद्धान्तअनुसार आफ्नै पालो रहेकाले सबैको साथ र सहयोग चाहिएको बताएका छन् ।  संघको आगामी ३५ औं महाधिवेशनमा आफुले अध्यक्ष पाउनुपर्ने भएपनि अध्यक्षमा अर्का प्रतिद्धन्द्धी समेत रहेका कारण वरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो पालो अब अध्यक्ष बन्ने रहेको उनको भनाइ छ ।  ‘प्राकृतिक न्यायको सिद्धान्त तथा पालो पनि मेरो नै भएकोले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छु’ कार्कीले भने, ‘ पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघसँगका मेरो अनुभवलाई नेतृत्वमा बसेर कार्यन्वयन गर्ने पुनीत मनसाय एवम् व्यवसायिक हक हितका लागि क्रियाशिल मेरो अभियानलाई यहाँहरूको अमुल्य मत प्रदान गरी व्यावहारीक कार्यान्वयनको लागी मलाई आगामी कार्यकालको नेतृत्व गर्ने सुअवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा र विश्वास लिएको छ ।’  कार्की २०५५ सालमा संघमा साधारण सदस्यको रूपमा प्रवेश गरी कार्यसमितिमा उद्योग उपाध्यक्ष २ कार्यकाल देखि वरिष्ठ उपाध्यक्षसम्मको भूमिका निर्वाह गरेका छन् ।  यो स्थानसम्म आम उद्योगी, व्यवसायीले पु¥याएको भन्दै कार्कीले भदौ २८ र २९ गते संघको ३५ औं अधिवेशनमा पुुनः आफुलाई मत दिई विजयी गराइदिन अनुरोध समेत गरे । कार्की अहिले डेंगीका कारण घरमै आराम गरिरहेका छन । केही समय फिस्टेल अस्पतालमा उपचार गराएका उनी विस्तारै निको हुँदैछन् ।

पोखरा:    प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन्। माओवादी आधारभूमि रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो। उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ। फिल्मका निर्देशक अशोक थापा मगर भन्छन्, ‘फिल्म मेकिङमा हामीले सक्दो मेहनत गरेका छौं। दर्शकले पक्कै मन पराउनुहुनेछ।’ डकुमेन्ट्री निर्माण गरिरहेका निर्देशक थापाको यो पहिलो फिचर फिल्म हो। फिल्ममा द्वन्द्वकालको बेलाको प्रेम कथा प्रस्तुत गरेको उनको भनाइ छ। ‘द्वन्द्वकालको प्रेमकथा पस्कदैछौं। राम्रो फिल्म बनेको छ। सबैको चिजको मिश्रण गरेका छौं’, उनले सुनाए। व्यवसायिकसँगै नेपाली फिल्म उद्योगलाई उकास्न फिल्म बनाएको निर्देशक थापाले बताए। दर्शकले फिल्म मन पराएर अर्को बनाउन हौसला थप्नेमा उनी विश्वस्त सुनिन्छन्। मुख्य भूमिकामा रहेका उपसना र धिरजले फरक चरित्रमा प्रस्तुत भएको बताए। साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको उनीहरुको भनाइ थिए। पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो। रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको छ। फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ । फिल्ममा धिरज, उपसनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, लगायतका कलाकारले अभिनय गरेका छन्। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको रहेको छ। चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा फिल्मको निर्माता रहेका छन्। मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन्। फिल्म दिपक बज्राचार्यले खिचेका छन्। एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ। फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो। चार हप्ता पहिलो टिजर सार्वजनिक फिल्मको ट्रेलर यो हप्ताभित्र ल्याउने तयारी छ।

काठमाडौं:   आज भदौ २४ अर्थात् बिपी कोइराला को एक सय ११औँ जन्मजयन्ती । प्रथम विश्व युद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक वर्षयता आएर सम्झना गर्नुको उपादेयता वा सार्थकता के होला आफैँमा एउटा गम्भीर प्रश्न छ ।  बिपी जन्मिँदाको समय नबुझीकन बिपीले तय गरेको जीवन यात्रा बुझ्न सकिँदैन । युरोपको र अमेरिकाको केही भूभागबाहेक सबैतिर सामन्तवाद, तानाशाही र उपनिवेशवाद व्याप्त थियो । बिपी नेपालमा जन्मिने अवसरबाट वञ्चित भएका थिए, कारण नेपाल भन्ने देश राणाशाहीअन्तर्गत थियो । तर त्यो कुराले उनलाई नेपाली बन्नबाट रोकेन । उनी त झन् आधुनिक नेपालको परिचायक र  उन्नयक बनेर उदाए ।       आज पनि बिपीलाई नजिकबाट देखेका र सङ्गत गरेका उनका परिवार बाहेकका मानिसहरूको कमी छैन । के बिपीको परिचय बिपीको परिवार र उनलाई नजिकबाट देखेका मानिसहरूको दायरामा मात्र सीमित छ त, निश्चय पनि छैन ।  बिपीले गरेका एक–एक राजनीतिक,  साहित्यिक, सांस्कृतिक कर्म चिन्तन र अनुशीलनले आज प्रत्येक नेपाली नागरिक संस्कारित र दीक्षित भएको छ । नेपाली हुनुमा गौरव गर्ने जो कोहीले पनि एकपटक बिपी कोइरलाको जीवनको कुनै वयमा तादत्म्यता महसुस गरेको हुन्छ, उनको साहित्य र राजनीति योगदानकोको कारणले ।       बिपी एउटा सुसंस्कृत मानिस थिए । लोकतन्त्रको महत्व बुझेर र लोकलाई त्यसको महत्व बुझाउन जीवनलाई एक होइन, अनेक पटक दाउमा राखेका थिए । साहित्य सिर्जना गरेका थिए । कविता, उपन्यास कथा संस्मरण अनुवाद आदि कार्य गरेका थिए ।  त्योभन्दा बेसी आधुनिक समयको नेतृत्व गर्ने सुयोग्य नेता थिए, पथप्रदर्शक थिए । उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको बलशाली उपस्थिति नेपाली राजनीतिमा यथावत् छ ।       आज बिपीलाई सम्झिनु एउटा कर्मकाण्ड हुन पुगेको छ तर कर्मकाण्डले मात्र त उनको विरासत र अवदानलाई  न्याय  हुँदैन । पार्टीको विशाल संरचना बिपी विचारको असली ध्वजावाहक बनेर गर्व मात्र होइन दम्भसमेत गर्दछ । त्यो कुरामा विस्तारै बदलाव आउँदैछ ।  गत वर्ष मात्र नेपाली कांग्रेस पार्टीले पार्टी मुख्यालय सानेपामा एउटा बृहत् साहित्य महोत्सव गरेको थियो । त्यहाँ कांग्रेसको विचारसँग सहमत नहुने साहित्यिक कवि लेखकहरु समेत कांग्रेस पार्टीको निम्तोमा ससम्मान बिपी चर्चा र चिन्तनमा निर्धक्क सहभागी थिए ।  त्यो नेपाली राजनीतिक संस्कारमा देखापरेको एउटा सकारात्मक बदलाव थियो । आज गणतन्त्रको युगमा बिपीलाई कांग्रेसभन्दा ज्यादा राजा चाहनेहरुले प्रासङ्गिक देखेका छन् । यो एउटा रोचक संयोग मात्र होइन ।  कुनै पनि इतिहास पुरुष माथिको हक दावा परस्पर विरोधी पक्षले गर्नु भनेको चानचुने कुरा होइन । इतिहासलाई सम्यक दृष्टिले हेर्ने हो जो कोही यस्ता घटनालाई सामान्य रूपमा लिन्छन् । बिपी एक क्रान्तिकारी थिए । उनको क्रान्तिकारिताभित्र उग्रताभन्दा ज्यादा सौम्यता र मध्यमार्ग थियो ।       बिपीको विराट व्यक्तित्व पार्टी वा देशको दायरामा मात्र सीमित हुने चीज थिएन । उनको आयतन व्यापक थियो । दक्षिण एसियालाई झकन्झोर हल्लाएको भारतीय स्वतन्त्रता सङ्ग्राममा सक्रियतापूर्वक भाग लिएको, जेलनेल भोगेको, त्यतिले नपुगेर नेपालमा प्रजातन्त्र स्थापनाका लडाइँको नेतृत्व गरेर प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेको, दक्षिण एसियाको नक्सा बदल्ने अन्तिम परिघटना बङ्गलादेश स्थापनाको आन्दोलनलाई सक्रिय समर्थन गरेर बङ्गलादेश विजय नेपालमा लोकतन्त्र पुनःस्थापनाको  मार्ग आधा विजय भनेर वक्तव्य दिएको, यस्ता अनेकन राजनीतिक घटनाक्रम छन्, जहाँ उनले निर्णायक हस्तक्षेपका कर्ता भने साक्षी बने र बने हेतु पनि । उनले एउटा सिङ्गो युगलाई आफ्नो काँधमा बोकेर हिँडे ।      उनको जीवनकालमा उनलाई सोचे जति सफलता मिल्न सकेन तर जति मिलेको थियो त्यो पनि कम्ती भने थिएन । उनका प्रिय लेखक अल्बर्ट क्यामुले जीवन्त बनाएको ग्रिक पुराणको अभिशप्त पात्र सिसिफस जस्तो लोकतन्त्रको भारी बोकेर उनी टाकुरा माथि र तल गरी रहे । उनको लडाइँ खेर जाने कुरा थिएन र गएन पनि । आज त्यही लडाइँको परिणाम लोकतन्त्र टाकुराभन्दा माथि गणतन्त्र बनेको छ ।       कुनै बेला भारतीय संविधानसभाको आखिरी बैठकमा अम्बेडकर भन्दै थिए–आजदेखि हामी सबैले एउटा सुविधा गुमाउँदैछौँ, अब अङ्ग्रेजलाई गाली गरेर पुग्दैन । उनीहरू त भारत छोडेर गई सके । अब हामी ज्यादा जिम्मेदार बन्नुपर्दछ । यस्तै यस्तै ।  नेपालमा पञ्चायतको अवधिभर र बहुदलकालमा राजाको भक्ति वा निन्दा गरे चल्थ्यो । के अब गणतन्त्रको युग त्यसरी चल्छ त, उत्तर स्पष्ट छ चल्दैन । हाम्रा नेताहरु एक अर्कालाई गाली गरेका छन्, गला पनि मिलाएका छन् । तर जनता रनभुल्लमा छन्, उनीहरू किन एकापसमा गाली गरिरहेका छन् र गला पनि मिलाइरहेका छन् भनेर । यो अन्योलले निराश भरेको छ, आक्रोश बढाएको छ ।       लोकतन्त्रमा एउटा जनादेशपछि त्यो जनादेशको पालन गर्ने अनुशासन र धैर्य त्यसका सरोकारवालाहरुसँग हुनै पर्दछ । पाँच वर्ष संसद्को आयु भनेपछि त्यो धैर्य त्यो संयम सबै राजनीतिक दलमा समान रूपमा हुन पर्दछ । बिपीले सत्तामा जाने कुरालाई ज्यादा प्रधानता दिनु भएन ।  २०१४ सालमा प्रधानमन्त्री पद अस्वीकार गर्नुभयो । पछि राजा वीरेन्द्रलाई जनमत सङ्ग्रहको बेला भन्नुभयो, “सरकार मैले तपाइँले दिन सक्नेभन्दा माथिल्लो चीज पाइसकेको छु । म प्रथम जननिर्वाचित बनिसकेको मान्छे, जति पटक प्रधानमन्त्री बने पनि बन्ने भूतपूर्व प्रधानमन्त्री नै हो । म उन्नत लोकतन्त्र देख्न चाहन्छु । तपाईंको पिताले खोसेको जनअधिकार बहाली चाहन्छु । मेरो जस्तो आर्थिक अवस्था प्रत्येक नागरिकको बनाउन चाहन्छु । यस्तै यस्तै ।       आज संविधान संशोधन गर्ने भनेर बनेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार वा प्रतिपक्षमा रहेका नेता प्रचण्डको भूमिका यो संविधानलाई कामयाब गराउन कति सहायक भयो ।  त्यसको मूल्याङ्कन गर्ने बेला भएको छ । जसले आफैंँले जारी गरेको संविधानलाई संवैधानिक नैतिकताको कसीमा सम्मान गर्न र पालन गर्न सकेन उनैले संविधान संशोधनको कुरा गर्दा त्यो जनस्तरमा विश्वसनीय बन्न सकिरहेको छैन । त्यो बारेमा आजको दिनमा शीर्ष नेताहरुले मनन गर्नुपर्नेछ ।       बिपीका लागि सत्ता अन्तिम आकर्षणको कुरा थिएन । सत्ता उनका लागि जनताको आजीविका बदल्ने पवित्र साधन थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको व्यक्तित्व फैलाउने माध्यम थियो ।  सत्ताबारे लोकतन्त्रबारे उनको सामान्य कुरा थियो– संविधान दिने मानिस वा संविधान निर्माता चाहे त्यो राजा होस् वा जनता त्यो संविधानप्रति जिम्मेवार र वफादार अनि प्रतिबद्ध हुनु पर्दछ । आजको गणतन्त्र नेपालको सङ्कटको समाधान बिपी कोइरालाको यही वचनमा भेट्न सकिन्छ । सङ्घर्षले खारिएर असामान्य उचाइ हासिल गरेका बिपीको यही एउटा वचन मात्र आजका नेताले पालन गर्न सके उनको योगदानप्रतिको सम्मान हुनेछ ।   (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

म्याग्दी:    नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।  निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो ९एलएनटी०सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।  मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन् २०२१  डिसेम्वर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो ।  आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिनुभयो ।  “तीस महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ”, उहाँले भन्नुभयो, “राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो ।” म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेशन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।  एक सय ३२÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेशनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो ।  भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठदेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।  दुई सय २०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामले बर्खायाममा पनि तीव्रता दिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो ।  “पक्की नाला बनाएर भूमिगत र सतहको पानीलाई व्यवस्थापन गरेर सबस्टेशनको संरचना बनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “सबस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको छ ।” अम्बाङमा सबस्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेका आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।  रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् ।  बेनी नगरपालिका–६ कोठेसाघुमा रहेको एनएलटीको प्रसारण लाइनको सामग्री भण्डारणस्थलमा भदौ ८ गते रातिको बाढीले क्षति पुर्याएको थियो । दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवन निर्माण भएको छ । म्याग्दी नदीमा एक सय ७२ दशमलव आठ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।  राहुघाटमा ३५ दशमलव पाँच मेगावाटको राहुघाट–मङ्गले र ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट, २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् ।  पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलव ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।  सबस्टेशनमा निर्माणमा भएको ढिलाइले राहुघाट नदीमा निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत् आयोजनालाई समस्या परेको तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मङ्गले राहुघाट जलविद्युत् आयोजना प्रमुख प्रकाश तिमिल्सिनाले बताउनुभयो ।

झापा:    कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ।  स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ ।  यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ । गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो । झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।

रुकुम पश्चिम:    रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।       साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।       घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

पोखरा:    निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात पारिन् । उपाधिसँगै यस्तै बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद रु ५० हजार प्राप्त गरिन् । साथै आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा मुदी म्याग्दीकै नरिशा पुनमगर ताज र नगद रु २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् । थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मी आलेमगरले हात पारिन् आलेमगरले ताजसहित नगद रु १५ हजार हात पारिन् ।    यो पनि पढ्नुहोस   पोखरामा मिस मगरको प्रशिक्षण सुरु, मातृभाषा सिकाइदै मिस मगर नेपालको शिर्ष प्रायोजकमा ‘निट डेन्टल केयर प्रालि’ मगर भाषा र संस्कृति अध्ययन गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा मिस मगर नेपालको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनाले २२ गते मिस मगर नेपालको एयरलायन्स पार्टनरमा ‘यति एयरलाइन्स’, ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रश्मीले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र बेस्ट पर्सनालिटी अवार्डपनि जितिन् । भने, भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद रु १० हजारसहित पुरस्कृत भइन् भने उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् । उनका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट टे«नी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् ।  यसैगरी मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । भने, मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाण्डौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् । देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतीको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापाले जानकारी दिए ।  उनका अनुसार ग्राण्ड फिनालेको मूख्य निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । भने, अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए । ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने समगर समुदायम आधारित चलचित्र खुस्माका नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायतके सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहेको थियो । नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा सम्पन्न भएको सो कार्यक्रममा निट डेन्टल केयर प्रा।लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा।लि, युमे जापानिज ल्याङग््व्येज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको थियो ।  यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको थियो ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी  चिह्न प्रदान गर्नुभएको छ ।  राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नु हुनेछ । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।  यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।  समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनुहुन्थ्यो ।  सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरुप गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।  प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुभएको हो । यसअघिका प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाउनुभयो ।    प्रधानसेनापति सिग्देलको परिचय          प्रधानसेनापति सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गर्नुभएको छ । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड म्यानेजमेन्ट कोर्ष र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्ष पूरा गर्नुभएको छ ।      राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा भाग लिनुभएका प्रधानसेनापति सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।   अड्तीस वर्षको सैन्य जीवनमा उहाँसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कुलको कमाण्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमाण्ड गरेको अनुभव छ ।  प्रधानसेनापतिले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्याण्डफोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो । कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को सचिवका रूपमा पनि उहाँले काम गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासोका साथ हेर्नुहुने प्रधानसेनापति सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाउनुभएको छ । उहाँले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ ।   उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्वी युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसक्नुभएको छ । सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप प्रधानसेनापति सिग्देल सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुनुहुन्छ । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्याएबापत उहाँले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाउनुभएको छ । सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पुर्याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानवअधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय २३ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पुर्याइसकेका छन् । हाल विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा स्थापना भएका ११ मिसनमा  छ सय ७५ महिलासहित पाँच हजार नौ सय १६ नेपाली सैनिक कार्यरत छन् ।