स्याङ्जा: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उहाँले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उहाँको दाबी थियो । “यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।” अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उहाँले बताउनुभयो । मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उहाँले यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गर्नुभयो । “लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन हुँदैन”, उहाँले भन्नुभयो, “यस्ता भिजन नभएका र लोकरिज्याईं गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुन्छ, धेरै तर्सनुपर्दैन ।” देशमा विभिन्न समयमा आएका सङ्कट मोचनका लागि यिनै दुई ठूला पार्टीहरू एकठाउँमा उभिने गरेको स्मरण गर्दै अहिले पनि देशलाई समृद्धिको दिशामा लैजान एकै ठाउँमा उभिएको उहाँले बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो । चीन भ्रमणका क्रममा बिआरआइका सन्दर्भमा सरकारले ऋण नलिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी खेलमैदानमा शुक्रबारदेखि सुरू भएको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुने भएको हो । पुरूष महिला फुटबल, भलिबल, क्रिकेट (एकल÷डबल), टेवल टेनिस (एकल÷डबल) दौड, बुद्धिचालसहितका सात खेलका २२ विधामा सात सयभन्दा बढी खेलाडी सहभागी हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले खेल क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न र खेल पर्यटनको विकास गर्नका लागि प्रत्येक वर्ष खेल महोत्सव गर्दै आइरहेको छ । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र स्थापित खेलाडीलाई व्यावसायिकतातर्फ उन्मुख गर्नका लागि खेल महोत्सव कोसेढुङ्गा सावित हुने अध्यक्ष थापाको भनाइ थियो । पालिकाका सात वडाबाट ९८ जना खेलाडीका दरले प्रतियोगी सहभागी हुने भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर २२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेता हुनेलाई नगद रू पाँच लाख १० हजार पुरस्कारस्वरूप उपलब्ध गराउने अध्यक्ष थापाले बताउनुभयो ।
पोखरा: अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा यही मङ्सिर २३ गतेबाट पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मङ्सिर २७ गतेसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको सभाकलमा दैनिक विभिन्न विषयमा अन्तक्र्रिया हुने छन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि सञ्चालन हुनेछ । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल पर्वतारोहण सङ्घका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारल बताए । “सङ्ग्रहालय अवलोकन गर्न आउने र आउने योजना बनाउनुभएका महानुभावले पनि यही अवधिमा अवलोकन गर्दा पर्यतीय सभ्यता, कला, संस्कृति, समस्या र समाधानबारे जानकारी पाउने अवसर मिल्छ,” उनले भने महोत्सवमा करिव ३२ लाख खर्च अनमान गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले जनाएको छ । पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेश गुरुङले महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक आफैं र केही संस्थासँग सहकार्यबाट हुने बताए । “पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ, पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौं,” उनले भने । यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने आयोजककोे अपेक्षा छ । महोत्सवको पहिलो दिन डिसेम्बर ८ मा पर्वतीय जीवन, अनुकूलन र भविष्यबार अन्तक्र्रिया हुनेछ । दोस्रो दिन पर्वतीय पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरुले आफ्नो अभिमत राख्ने र तेस्रो दिन डिसेम्बर ११ मा पहाडी क्षेत्रमा शौचालयको महत्वबारे सरोकारवालाको सहभागितामा अन्तक्रिर्या हुनेछ । महोत्सवको चौथो दिन अनुभवी पर्वतारोहीसँग पर्वतारोहणका रोमाञ्चक क्षण, तयारी, दुःख र भावी सम्भावनाबारे छलफल हुनेछ भने अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरहरुबारे बिमर्श गरिनेछ । महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्र्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्ने अपेक्षा गरिएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेले बताईन् । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गर्न पहल थाल्नुभएको छ । उहाँले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गर्नुभएको हो । “स्रोतसाधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुनसक्दैन,” मन्त्री खड्काले भन्नुभयो । उहाँले जलविद्युत् आयोजनाको शेयर निस्कासन गर्दा गरिब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने बताउनुभयो । स्थानीय सरकारले दिएको तथ्याङ्क अनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको शेयरको ग्यारेन्टी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो । “उक्त शेयरका लागि सरकारले वाणिज्य बैँकमार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो ।सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ । माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत यसमा रहेका छन् । उक्त कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने तथा समग्रमा राष्ट्रिय मानव विकास सुचकाङ्कमा समेत यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम: राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुलुकका विभिन्न जातजातिको भाषा, संस्कृति तथा सभ्यताको संरक्षण तथा प्रवर्धनका लागि सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनुभएको छ । रासस मधेस–प्रदेश कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा कार्यकारी अध्यक्ष झाले भाषासँग प्रत्यक्ष रुपमा जोडिने भएकाले भाषा, संस्कृतिको संरक्षण र जगेर्नामा आमसञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो । साधनस्रोतको अभावमा धर्म, संस्कृतिका पक्षमा वकालत गर्ने कैयौँ सञ्चारमाध्यम बन्द भएका र केही बन्द हुने अवस्थामा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले राष्ट्रको पहिचानका रुपमा रहेको हाम्रो भाषा, धर्म, संस्कृति र सभ्यताका पक्षमा अमूल्य योगदान पु¥याउने सञ्चारमाध्यमलाई सहयोग गर्न तीनै तहको सरकारसँग अनुरोध गर्नुभयो । वर्तमान भौतिकवादी समयमा भाषा, संस्कृति र सभ्यताको उचित संरक्षण हुननसक्दा ती लोप हुने अवस्थामा पुगेको भनी चिन्ता व्यक्त गर्दै अध्यक्ष झाले भाषा, संस्कृति, सम्पदाको जगेर्ना र संरक्षणमा समग्र राष्ट्र एक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थानीय भाषा तथा संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएकाले राज्य संयन्त्रका रुपमा क्रियाशील राससले पहिलो चरणमा मैथिली, अवधि र नेपाल भाषामा बुलेटिन प्रकाशन गरी निःशुल्क रुपमा उपलब्ध गराएर स्थानीय भाषा संरक्षणमा सक्दो योगदान गरेको स्पष्ट पार्नुभयो । कार्यकारी अध्यक्ष झाले स्थानीय भाषाहरुको संरक्षण गर्ने उदेश्यले निःशुल्क रुपमा प्रदान गरिएको समाचार सेवा प्रयोग गरी लाभान्वित हुन सम्बद्ध आमसञ्चारमाध्यमसँग अनुरोध गर्दै स्रोतसाधन, आवश्यकता र औचित्यका आधारमा क्रमशः अन्य भाषामा पनि समाचार सेवा दिने पक्षमा रासस रहेको बताउनुभयो । मधेस प्रदेश आमसञ्चार प्राधिकरणका प्रमुख श्यामसुन्दर यादवले मैथिली भाषामा प्रकाशित पत्रपत्रिको अवस्थाबारे जानकारी गराउँदै नेपालीपछि धेरै मानिसले प्रयोग गर्ने मैथिली भाषाको संरक्षण, सम्वद्र्धन र सुदृढीकरणका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले मैथिली भाषाको संरक्षणका साथै मैथिली भाषा शैलीबारे सरोकार भएका पक्षबीच व्यापक रुपमा छलफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु मिश्र ९गायत्री०ले मैथिली भाषासँग सम्बन्धित आमसञ्चारमाध्यमले राससबाट प्राप्त समाचार बढीभन्दा बढी उपयोग गर्नुपर्ने तथा विशेषगरी मैथिली भाषामा कलम चलाउने सञ्चारकर्मीको सम्बद्ध भाषाको समाचार सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामतले राससले विभिन्न चुनौतीका बाबजुद बहुभाषाको सुरुआत गरेकामा धन्यवाद दिँदै भाषा तथा संस्कृतिको जर्गेनाका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार तथा प्राध्यापक श्यामसुन्दर शशिले पछिल्लो समय मैथिली भाषा सङ्कटमा परेकाले यसको संरक्षणका लागि राससले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै मैथिली भाषाको शैलीपुस्तक आवश्यक रहेको बताउनुभयो ।
रामेछाप: रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष, २ महिला र १ बालक रहेका छन् । काठमाडौंबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा जिप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य ३ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरी: सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ । यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ । मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । “पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष ९सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि० हुनपर्ने सैद्धान्तिक सहमति भए पनि यस पटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन”, कुशवाहाले भन्नुभयो, “किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।” आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ”, कुशवाहाले भन्नुभयो । ४ दिन पहिले मात्र उखु उत्पादक किसानको छाता सङ्गठन उखु उत्पादक महासङ्घले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गतवर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरीदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उहाँको भनाइ छ । यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताउनुभयो । उहाँका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु ६ सय ६९ प्रतिक्विन्टल पर्दछ । जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजमा कहिले उखु क्रसिङ थालिने यकिन नहुँदा खुट्टीउखु (दोस्रो वर्षको उखुबाली)काटेर हिउँदेबाली लगाउन नपाइने चिन्तामा किसान छन् । “चिनी मिल कहिले सञ्चालन हुने थाहा छैन । खुट्टीउखु काटेर हिउँदे बाली लगाउन नपाउने चिन्ता लाग्न थालेको छ”, भङ्गाहा–४ का किसान अरुण गिरीले भन्नुभयो । क्रसिङ ढिलो हुँदा खुट्टीउखु काटेर अर्को बाली लगाउने समयसीमा नाघेँको उहाँको भनाइ छ । यस वर्ष जिल्लामा कूल नौ हजार बिघामा उखुखेती गरिएकोध्ये करिब चार हजार बिघामा खुट्टी रहेको सङघका अध्यक्ष कुशवाहाले बताउनुभयो । सरकारले मूल्यबारे पुनर्विचार गरी दिनुपर्ने र उद्योगले चाँडै क्रसिङ थाल्नुपर्ने किसान बताउँछन् । यसैबीच एभरेष्ट चिनी उद्योगले यस वर्षको उखुको क्रसिङ मङ्सिर अन्तिम सातादेखि सुरु गर्ने तयारी गरेको छ । उद्योगमा यही मङ्सिर २० गते डोङा पूजापछि उद्योग सञ्चालन गर्ने जनाउँदै पूजाको तयारी भइरहेको उद्योगका प्रशासकीय प्रबन्धक सुरेन्द्र शुक्लाले बताउनभयो । “डोङा पूजा क्रसिङ खोल्न प्रत्येक साल गरिने अनुष्ठान हो । यो पूजा सकेपछि क्रसिङ थालिने छ”, उहाँले भन्नुभयो ।
महोत्तरी: यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताउनुभएको छ । युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आउनुभएकी १८ वर्षीया पूजाले रासससँगको सङ्क्षिप्त कुराकानीमा मुलुक फर्कदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताउनुभयो । पछिल्लो समय खेलप्रति आम रुपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उहाँको विश्वास छ । प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला–९ डुमरवानास्थित घरमै क्रिकेटमा उहाँको लगाव र भविष्यका बारेमा रासस जिल्ला सम्वाददाता गोपाल बरालले गर्नुभएको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश युएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ । यसमा कस्तो महसुस गर्नुभएको छ /युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ । यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरु, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था , खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ । तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला । क्रिकेटमा कसरी जोडिनु भयो/हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो । हामी ३ दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरुलाई पुर्याउन जान्थे । त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो । मैले ४ वर्षदेखि खेलको अभ्यास थालेकी हुँ । केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ (क्यान)का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ । भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् । भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरु उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् । मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौ पुगेँ । उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ । उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो । अब के योजनामा हुनुहुन्छ ल, यो पनि भन्नु पर्छ र १ अब केही सातामै ९नोभेम्बर मध्यमा०मलेसियामा एसियाकप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो । अन्त्यमा केही भन्नुहुन्छ कि हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्न प¥यो भन्ने मेरो आग्रह छ । खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्वलता हटाउँछ । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।
लुम्बिनी: लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित हुनुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो । ललितपुरमा जन्मनुभएका ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिनुभएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।
लुम्बिनी: प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउनु भएको छ । उहाँलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै हुनुहुन्छ । दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन् ।
                    
